देश

खोटाङको कारागार पहिरोको उच्च जोखिममा

खोटाङको कारागार पहिरोको उच्च जोखिममा
khotang साउन – २५ । पहिरोको उच्च जोखिममा परेको खोटाङ कारागारका कैदीलाई सुरक्षित स्थानमा सार्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगले पत्राचार गरेको छ । उनीहरुको खानपानमा समेत लापरवाही भेटिएको आयोगले जनाएको छ । अविरल वर्षाका कारण गएको साउन १६ गते कारागारको उत्तर पूर्वतर्फ झण्डै ५० मिटर फराकिलो पहिरो गएपछि जोखिममा परेको कैदीलाई तत्काल सुरक्षित स्थानमा सार्नकालागि आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको हो । पहिरोले कारागारको मूल भवन र दुई वटा सुरक्षा पोष्टको चर बगाएको, महिला कैदी राखिएको भवनको पर्खाल चिरा चिरा परेको, कारागारको कम्पाउण्डको केही भाग र पहिरोको दायाँबायाँ १० मिटर खण्ड लच्किएको छ । महिला कैदीको शौचालय र भान्छा कोठासँगै भएका कारण स्वास्थ्यमा समस्या परेको, आश्रित बालबच्चा बिरामी परेको, कैंदीबन्दीले समयमा औषधि नपाउने गरेको, कैदी दूषित पानी र ढुसी आएर अमिलिएको चामल खान बाध्य भएको आयोगले मंगलबार प्रकाशित गरेको विज्ञप्तीमा भनिएको छ ।

khotang Khotang Jail

विशेष