स्वास्थ्य

बिरामीसँग पैसा हुञ्जेल निजी अस्पतालले चुस्छन्, पैसा सकिएको थाहा पाएपछि सरकारीमा पठाइदिन्छन्

बिरामीसँग पैसा हुञ्जेल निजी अस्पतालले चुस्छन्, पैसा सकिएको थाहा पाएपछि सरकारीमा पठाइदिन्छन्

cancer hospitalसाउन २६ । काठमाडौ नैकपाका ६२ वर्षीय कृष्ण महर्जन दस वर्षदेखि बिरामी छन् । छिमेकीको कुरामा लागेर काठमाडौ नर्सिङ होम पुगे । त्यहाँ पित्तथैलेको शल्यक्रिया भयो । तै पनि रोग निको भएन । एक वषैदेखि खाना खानेबित्तिकै बान्ता हुने समस्या आयो । उनी उपचारका लागि काठमाडौं मेडिकल कलेज पुगे । आन्द्रामा घाउ भएको भन्दै आन्द्राको शल्यक्रिया भयो । आन्द्रामा क्यान्सर भएको रहेछ ।

आन्द्राको क्यान्सर भएको पत्ता लागेपछि त्यहाँका डा. सुशील श्रेष्ठले थप उपचारका लागि हरिसिद्धि क्यान्सर अस्पताल पठाए । त्यहाँ एक पटक केमो चढाएको ३५ देखि ४० हजार रुपैयाँ लाग्थ्यो । पटकपटक बसेर उपचार गर्दा दुई तीन लाख रुपैयाँ सकियो । यी दुवै अस्पतालमा उपचार गर्दा पाँच लाख रुपैयाँ सकियो ।

पैसा सकिएपछि हरिसिद्धिमा उपचार गर्न सक्ने अवस्था रहेन । महर्जनसँग पैसा सकिएको थाहा पाएपछि अस्पतालले निःशुल्क उपचारका लागि वीर अस्प्ताल जान सुझायो । ‘हामीसँग पैसा नभएपछि त्यहीका डाक्टरले यता पठाए’ महर्जनले बताए । हरिसिद्धको तुलनामा वीरमा उपचार खर्च धेरै सस्तो रहेको उनले अनुभव गरेका छन् । पहिले थाहा भएन, डाक्टरले पनि त्यतै जान भने । अब हामीसँग उपचार गर्ने पैसा छैन, महर्जन दम्पत्तिको भनाइ छ । नागरिक दैनिकबाट

विशेष