ताजा खबर

महंगी र कालोबजारी अनुमगन गर्न प्रधानमन्त्रीको निर्देशन

महंगी र कालोबजारी अनुमगन गर्न प्रधानमन्त्रीको निर्देशन

 साउन २६ । नाकाबन्दी तथा मधेश आन्दोलन अन्त्य भएको ६ महिना बितिसक्दा समेत बजार सहज नभएपछि महंगी, कालोबजारी र अनियन्त्रित बजार अनुमगन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले मातहतका निकायलाई निर्देशन दिएको बताएका छन् । राजधानीको वालुवाटारमा आज बिहान सञ्चारकर्मीको टोलीसँग प्रधानमन्त्री दाहालले दैनिक उपभोग्य वस्तुको सहज तथा गुणस्तरीय आपूर्ति तथा महंगी नियन्त्रणका लागि वर्तमान सरकार गम्भिर रहेको जानकारी दिए । सञ्चारकर्मीसँग प्रधानमन्त्रीले भने, ‘मैले यसलाई नियन्त्रण गर्न र जनतालाई तत्काल राहत पुग्ने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको छु ।’

प्रधानमन्त्रीले आर्थिक विकास र समृद्धिका लागि तात्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने गृहकार्य गरिरहेको बताएका थिए । चुनौतिपूर्ण वर्तमान अवस्थामा संविधान कार्यान्वयनसँगै आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्नु आफ्नो मूख्य योजना रहेको प्रधानमन्त्रीको भनाई थियो । आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै सहमतिको वातावरण निर्माण गरी संविधान कार्यान्वयन, समयमै चुनाव सम्पन्न गर्ने र पूनर्निर्माणको कामलाई तिव्रता दिने उनको प्रतिबद्धता थियो । प्रधानमन्त्रीले दोर्होयाउनुभयो–विगतका तीता मिठा अनुभवबाट निष्कर्ष निकालेर परिणाममूखी काम गर्नेछु ।

Prachanda

विशेष