
साउन २६ । ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत पानीका खेलहरु भइरहेका छन् । तर डाइभिङका लागि बनाइएको पुलको रंग एकाएक परिवर्तन भएको देखिएको छ । डाइभिङका लागि बनाइएको पुलको रंग निलोबाट हरियो बनेको हो ।
सोमबार पाँच मिटर गहिरो डाइभिङ पुल पुरुष तर्फको खेल हुँदा निलो रंगकै थियो तर मंगलबारको सिङ्क्रोनाइज्ड डाइभिङ खेलमा भने एकाएक हरियो देखिएको हो ।

पुलमा रहेको पानीको रंग हरियो बनेपनि त्यहाँ डाइभिङका प्रतिस्पर्धा भने रोकिएनन् । आयोजकले भने के कारणले यस्तो भयो भन्ने थाहा नभएको बताएका छन् ।
सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरुले पानीको रंग परिवर्तन हुँदा पनि खेलाडीलाई डाइभ गर्न बाध्य पारिएको आरोप लगाएका छन् ।
आश्चर्यको विषय त के छ भने डाइभिङ पुल सँगै रहेको वाटर पोलो पुल भने निलो रङकै थियो । तर सँगै रहेको दुईवटा पुलमा पानीको रंग फरक देखेर सबै अचम्मित परेका छन् ।

यसको अनुमान गरिए पनि यसको वास्तविकता भने थाहा भएको छैन । पानीमा मिलाइएको क्लोरिन वा अरु कुनै रसायनको मात्रा नमिलेका कारणले यस्तो भएको हुन सक्ने अनुमान गरिएको छ ।
Rio 2016
Rio Olampic