मनोरञ्जन

दीपक दीपाको ‘छ’को रहस्य

दीपक दीपाको ‘छ’को रहस्य
deepak-and-deepaसाउन २६ । नेपाली टेली सिरियल ‘तीतो सत्य’मा अत्याधिक मनपराइएका जोडी हुन् दिपकराज गिरी र दिपाश्री निरौला । त्यस्तै उनीहरुलाई नेपाली चलचित्र जगतमा पनि दर्शकले उत्तिकै रुचाइएका छन् । दिपाको निर्देशन र दीपकको प्रमुख भुमिका रहेको चलचित्र हो ‘छक्का पञ्जा’ । यो चलचित्र रिलिज मिति भाद्र २४ गतेका लागि  तोकिएको छ । यो चलचित्रको नाम जुराउनुमा रमाइलो प्रसंग रहेको बताउँछिन् दिपा । उनले भनिन् दीपक र मलाई ‘छ’ फाप्छ । त्यसैले हामीहरुले ‘छ’ बाट शुरु भएको नाम ‘छक्का पञ्जा’ जुरायौँ । दीपाले छक्का पञ्जाको नाम बारे रहस्य खोलिन् । चलचित्र छ एकान छ देखि लिएर वडा नं छ र अन्त्यमा छक्का पञ्जाको पनि नामवाली छ बाटै सुरुवात गरिएको छ । दिपालाई ‘छ’ फाप्छ भनेर एक ज्योतिषले भविष्मावाणी गरिदिएको बताइन् । ‘छ’ भन्ने शब्द सकारात्मक रहेको उनको ठम्याइ छ । शुक्र ग्रह कला र साहित्यको लागि एकदमै राम्रो हुनाले फिल्मको रिलिज मिति पनि छैटौँ दिन शुक्रबार राखिएको उनले स्पष्ट पारिन् ।

Chhakka Panja

विशेष