स्वास्थ्य

मानसिक रोगको उपचारमा नयाँ तथ्य पत्ता लाग्याे

मानसिक रोगको उपचारमा नयाँ तथ्य पत्ता लाग्याे
dipression साउन २६ । वैज्ञानिकहरुले मानसिक रोगको उपचारसँग सम्बन्धित नयाँ तथ्य पत्ता लगाएका छन् । मासाच्युसेट्स जनरल हस्पिटल, फिजर फर्मास्ट्युकल र २३ जना क्यालिर्फो्नियाका जेनोमिक्स र बायोटेक्नोलोजी कम्पनीले गरेको अध्ययनमा मानव जीन पत्ता लगाएपछि उपचारमा नयाँ आशा थपिएको हो । ३ लाख भन्दा बढी मानसिक रोगीहरुमा गरीएको अध्ययनमा ७५ हजार ६ सय सात जनामा नयाँ उपचार पद्धतिले काम गरेको अध्ययनले बताएको छ । वैज्ञानिकहरुले तथ्यांक अध्ययनको क्रममा एक्लो न्युक्लेइओटाइड पोलिमोर्फि्सिज्म अर्थात मानसिक रोगीहरुमा अनियमित जीनोमको साझेदारी गर्ने विशिष्ट क्षेत्र पत्ता लगाएको हो । ति मध्ये एक्लो न्युक्लेइओटाइड पोलिमोर्फि्सिज्म साझेदारी हुने १७ मध्ये १५ क्षेत्र पत्ता लगाइएको हो । अध्ययनको निष्कर्ष मानिसहरुमा कति समयसम्म डिप्रेसनले सताउने र त्यस्तो रोगमा थप उपचारको लागि नयाँ प्रयोगहरु गर्न सकिने बताइएको छ ।अध्ययनका सह लेखक एस्ले विन्सलोले धेरै वर्षदेखि पूराना उपचार पद्धतिलाई प्रस्थिापन गर्न मानसिक रोगबारे उपचारमा अध्ययन नयाँ सिद्धान्त भएको बताए । उनले भने, ‘नयाँ कोष मार्फत मानसिक रोगीहरुको अवस्थालाई बुझ्न सकिन्छ ।’ -एजेन्सीको सहयोगमा

dipression jin

विशेष