समाज

टाउकोभन्दा तलको भाग चल्दैन, तर पनि अमिरलाई केही छैन - राष्ट्रिया प्रतिभा अमिरको कथा

टाउकोभन्दा तलको भाग चल्दैन, तर पनि अमिरलाई केही छैन - राष्ट्रिया प्रतिभा अमिरको कथा

हालै अमिर बम्जनलगायतका व्यक्तिकाे प्रतिभा र संघर्षलाई कदर गर्दै सरकारले प्रतिभा पुरस्कार दिने निर्णय गर्याे । विभिन्न क्षेत्रबाट नेपाललाई सहयाेग पुर्याउने नेपाली प्रतिभावान व्यक्तिहरूलाई सम्मान स्वरूप नेपाल सरकारले प्रतिभा पुरस्कार दिने घाेषणा गरेकाे हाे ।

प्रतिभा पुरस्कार पाउँनेहरू मध्ये अाफ्नाे नाम पनि परेकाेमा अमिरले खुसी हुँदै भने 'याेभन्दा पहिला यस्ताे सम्मान मैले कहिल्यै पाएकाे थिइन ।' सरकारले उनकाे क्षमताकाे कदर गरेकाे सुन्दा अाफू अत्यन्तै खुसी भएकाे बताए । ' मलाई खुसी लागेकाे छ ।' उनले भने 'म जस्ताे मान्छेलाई सरकारले सम्मान गर्दा गर्वकाे महसुस भइरहेकाे छु ।' यस्ता पुरस्कारले नयाँ काम गर्ने जाेस जाँगर थपिने उनकाे बुझाइ छ ।

'मैले कहिल्यै पनि साेचेकाे थिइन सरकारले सम्मान गर्छ भनेर' उनी एकछिन राेकिएर फेरि थपे 'जीवनमा हार मान्नु हुँदाेरहेनछ ।' उनी भन्दा पनि अझ धेरै त उनकाे परिवार खुसी भएकाे बताउँछन् । 'अामाबाबा मभन्दा धेरै खुसी हुनुहुन्छ' उनले भने । Amir-3

अमिर नेपाली युवा मध्येका अनाैठाे क्षमता भएका युवा हुन् । अमिरका हात चल्दैन् । त्यस्तै उनका खुट्टा पनि चल्दैन । जन्मजात नै उनकाे शरीरकाे गर्धनभन्दा तलकाे भाग चल्दैन । शरीरका अंग नचल्नुमा उनलाई कुनै गुनासाे छैन । उनी कुनै दुःद मनाउ पनि गर्दैन ।

किनकि उनीमा क्षमता छ । प्रतिभा छ । बहुप्रतिभाका धनी, उनी असाधारण छन् । एउटा अपांग युवाप्रति लाखौं सपांग युवाहरूले डाहा गर्न सक्छन् । मुखकाे सहयाेगबाट उनी लेख्ने गर्छन् । मुखमा कुची च्यापेर सुन्दर चित्र काेर्छन्। उनले जिब्रोकाे सहयाेगबाट ल्यापटप, माेबाइल पनि चलाउँन् । कविता, गीत उनलार्इ मन पर्ने बिधा हाे । गीत गाएर मन्त्रमुग्ध पार्न सक्छन् । उनले गाएकाे गीत पनि रिलिज भैसकेकाे छ ।

उनले बनाएका चित्रहरूकाे प्रदर्शनीबाट लाखौं अाम्दानी गरिसकेका छन्। राम्रा राम्रा कविता लेख्न सक्छन् । थाह नगरपालिका १ पालुङ, मकवानपुरमा जन्मिएका उनी भूकम्पपछि मात्र भेटिएकाे हुन ।

भूकम्पपछिकाे राहत कार्यक्रमकाे बेला उनलाई करूणा फाउन्डेसनले भेटेकाे थियाे । त्यसपछि करूणाले काठमाडौं ल्याएर उनकाे प्रतिभा निखार्ने काम गरिरहेकाे छ। अाफ्नाे परिवार सहित अाफ्नाे गाउँमा रहेका उनी छिट्टै काठमाडौं फर्किने बताउँछन् । यतिबेला उनी करूणा फाउन्डेसनकाे सहयाेगमा कालिमाटी नजिकै विशेष स्कुलमा अध्ययन गरिरहेका छन् । अंग्रेजी कम्जाेर भएकाले हाल उनी अंग्रेजी भाषा सिकिरहेकाे बताउछन् ।

त्यस्तै उनी किरण मानन्धरसँग चित्रकला सिक्दैछन् । न्ह्यु  बज्रचार्य गायन कला सिकिरहेका छन् । पछिल्लाे समय उनी कविता लेखन कार्यमा व्यस्त रहेकाे बताउँछन् ।

amir bamjan Prativa Puraskar

विशेष