स्वास्थ्य

यी कारणले तपाईंको तौल नघटेको हुन सक्छ

यी कारणले तपाईंको तौल नघटेको हुन सक्छ
fat-guy साउन – २६ । आफ्नो तौल घटाउन सम्भवतः तपाईंले सम्पूर्ण सबै उपाय अवलम्बन गरिसक्नुभयो होला । यति हुँदाहुँदै पनि शरीरको अस्वभाविक तौलले चिन्ता बनाएको हुन सक्छ । यस्तो हुनुमा तपाईबाट केही गल्ती भएको हुनुपर्छ । तौल नघट्नुमा यी कारण हुन सक्छन् : पर्याप्त नसुत्नुः तौल घटाउने प्रक्रियामा आराम सबैभन्दा महत्वपूर्ण पक्ष हो । तपाईंको शरीरलाई आराम छैन भने शरीरले क्यालोरी जलाउँन सक्दैन र तपार्इंको सम्पूर्ण शरीर नै थकित हुन्छ । तर भोक भने लागिरहन्छ । तसर्थ तपाई जतिसुकै डाइटिङ गरे पनि पर्याप्त नसुत्दा तौल घट्नुको सट्टा बढ्छ । अत्यधिक व्यायाम :  तपाईको डाइटले एकपछि अर्को काम गरेको छैन भने दिनभर जीम हलमा बस्नुको कुनै अर्थ छैन । तपाईंले आफूले आफैलाई ‘म त दिउँसोभर जिम गर्छु, त्यही भएर सक्दो डाइट खानुपर्छ’ भन्ने सोच्नुहुन्छ । भोकै बस्नुः खाना नियन्त्रण गर्नु सा¥है राम्रो हो । तर खाना रोक्ने नाममा भोकभोकै बस्नु भने हुँदैन् । सधैं सलाद मात्र खाँदा  तपाईको शरीरलाई चाहिने कार्बोहाइड्रेटको मात्राबाट मात्रै वञ्चित गर्दैन यसले भोक लगाउने हर्मोनलाई नै नियन्त्रण गर्छ । तसर्थ शरीरका लागि चाहिने पर्याप्त खाना खानुहोस् । खाना नरोक्नुहोस् । सलाद सधैं स्वस्थ हुँदैनन् । सलादमा चिज वा स्वादिलो अन्य कुरा पनि मिसाउनुभएको छ भने वास्तवमै उच्च क्यालोरी भएकोे हुनुपर्छ । निकै चाँडो खानुुभएको छ : निश्चयन नै पोषणबिद्ले सक्दो चाँडो डिनर गर्न सुझाब दिएका छन् । तर तपाईं ७ बजे डिनर गरेर १२ बजे बेडमा जानुहुन्छ भने तपाईलाई भोक लाग्न सक्छ । तसर्थ यदि तपाई चाँडो खानुहुन्छ भने चाँडो नै सुत्नु राम्रो हुन्छ । खानालाई क्यालोरीको रुपमा लिनुुहुन्छ : खाना खाँदा बिशेष बिचार पु¥याउनुपर्छ । विज्ञरुले टेलिभिजन हेर्दा वा पढ्दा खेरी नखान सुझाब दिन्छन् । तपाईको ध्यान खानामा परोस् भनेर नै यस्तो सल्लाह दिएका हुन् । त्यस्तै आफूले लिएको खानाको क्यालोरीलाई जतिखेर पनि गणना गर्नुहुँदैन । एजेन्सी

Fat Fat Problem

विशेष