खेल

नेमारले सन्यास लिन सक्ने

नेमारले सन्यास लिन सक्ने

साउन २७ । जारी ओलम्पिकको फुटवलमा घरेलु टोली ब्राजिल समुह चरणबाट नै बाहिरिने सम्भावना भएपछि ब्राजिलका फ्यान आक्रोशित भएका छन । समुह चरणमा दक्षिण अफ्रिका र र ईराकका खेलाडीसंग गोलरहित बराबरीमा रोकिएपछि ब्राजिललाई समुह चरणको अन्तिम खेलमा डेनमार्क विरुद्धको खेल जित्नैपर्ने बाध्यता छ । अन्तिम खेलमा पराजित भए ब्राजिल प्रतियोगिताबाट बाहिरिन सक्छ ।

त्यसैले ब्राजिलियन फ्यानले कप्तान नेयमार प्रति तीव्र असन्तुष्टि जाहेर गरेका छन । ब्राजिलका प्रशिक्षक रोगेरियाल फ्यानले सर्मथन गर्नुको सट्टा आलोचना गरिरहे नेमारले फुटबलबाट सन्यास लिन सक्ने चेतावनी दिएका छन । रोगेरियोले भनेका छन ‘नेमार एक दिन विश्वको महान खेलाडी बन्नेछन, त्यसैले हामीले उनलाई सम्मान गर्नुपर्छ ।’ समुह चरणको दुुई खेलमा गोल गर्न चुकेपछि सर्मथकले नेमारप्रति औला ठड्याएका थिए ।

रोगेरियोले भने ‘यदि हामीले हाम्रा उत्कृष्ट युवा खेलाडीलाई सम्मान गर्दैनौ भने उनी धेरै समय अन्र्तराष्ट्रिय फुटवल खेल्नेछैनन । । रोगेरियोले नेमारले युवा अवस्थामै ब्राजिलको लागि ७० क्याप जित्दै अन्तर्राष्ट्रिय गोल गरेको तथ्य नर्बिसिन पनि सर्मथकहरुलाई आग्रह गरेका छन । उनले २४ वर्षको नेयमार अझै अनुभवी नभएको स्विकार गरेका छन ।

brazil football Nyemar

विशेष