मानसिक रोग लागेकी श्रीमतीलाई गर्भवती बनाएर श्रीमान भागेपछि....
कृष्णचन्द्र घिमिरे, प्रमुख जिल्ला अधिकारी (उदयपुर)
उदयपुर त्रियुगाकी सृजना कार्की खड्का २०७१ साल देखि मानसिक रोगबाट ग्रस्त थिइन । उनको उपचारका लागि परिवारले केही पहलपनि गरेको थियो । ललितपुरको पाटन मानसिक अस्पतालमा उपचार गराइयो । सृजनाको स्वाश्थ्यमा केही सुधारपनि आएको थियो । तर, सृजनाले औषधी नियमित खान पाइनन् ।
सृजना कहिले स्वश्थ्य देखिन्थिन त कहिले बहुलठ्ठी । मानसिकरुपमा कमजोर श्रीमतीको उपचार गर्न उचित ध्यान नदिएपनि उनका श्रीमान उनीबााट कामबासना भने पूरा गरिरहेका हुन्थे । यस्तैमा सृजना गर्भवती भइन् ।
श्रीमती गर्भवती भएको थाहा पाएपछि श्रीमान (नाम थाह नभएको) कुलेलाम ठोके । एकातिर मानसिक रोगी अर्कोतर्फ गर्भवती, सृजनाको स्थिति नाजुक हुंदै गयो । छोराले समेत साथ छोडेपछि भीमबहादुरले बुहारीलाई नाम्लोले बांधेर राखे । यसरी आठ महिने गर्भे सृजना ६ महिनासम्म पशुझैं टाट्नामा बस्न बाध्य भइन् ।
बाँसको भाटाले बनाइएको चारैतिर भुङ्गान परेको टाट्नामा सृजना बांधिएको दृश्य संचारमाध्यममा आएपछि दुनियाँलाई तरंगित बनायो । त्यसमाथि आठ महिनाको गर्भ र घाउ लागेको खुट्टाको दृश्यले सायदै कसैको मनलाई नछोला ।
२०७० साल फागुनमा विवाहबारी भएकी सृजना यस्ती अभागी हुन् जसले मानसिक सन्तुलन र श्रीमानको माया त गुमाएकी थिइन् नै, माइतीको समेत उपेक्षा झेलेकी थिइन् । ससुरा भीमबहादुरका अनुसार माइतीलाई पटकपटक खबर गर्दापनि कुनै वास्ता गरिएन ।
ससुरा भीमबहादुरले नै हामीलाई घरको समस्याका बारेमा जानकारी गराए । त्यसपछि हामीले ति महिलाको उद्धारका लागि उनको अवश्था सार्वजनिक गर्यौं । संचारमाध्यममा उनको फोटोसहितको सामाग्री प्रकाशित भएपछि विषय व्यापक बन्यो ।
हेटौंडाको मानव सेवा आश्रमले हामीलाई सम्र्पकगर्यो । आज बिहान मानव सेवा आश्रमका साथीहरुले सृजनालाई लिएर जानुभएको छ । सृजनाको स्वाश्थ्य र गर्भको सुरक्षाका बारेमा उहाँहरुले देखाएको चिन्ता प्रंशसनीय छ ।
सृजनाले नयाँ जीबन पाएकी छिन् । यस्ता विरामीलाई माया र रेखदेखको खाँचो पर्दछ । तर, हाम्रो समाजमा उल्टा बन्धक बनाइने दुःखद परिश्थिित छ । यो घटनाले मलाई मर्माहत बनाएको छ ।
उदयपुर जिल्ला प्रमुख कृष्ण चन्द्र घिमिरेसँग सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित
manasik roog lakeki simatilai grabwati
pregnent banayera sriman bhagepachi