कभर स्टोरी समाज

गुडिया जस्ता यी दिदीबहिनी कति अभागी !

गुडिया जस्ता यी दिदीबहिनी कति अभागी !
siwakoti-family-us-incident-nepalaaja साउन - २७ । आँखाका नानीजस्ता तीन र दुई बर्षका यि दुई दिदीबहिनी अहिले आँशु झार्ने माध्यम बनेका छन् । यि नानीहरुलाई देखेपछि जोकोहीको आँखा रसाउने गर्दछ । अमेरिकामै जन्मेका हुन् यि दुई । दोलखा घर भएका नवराज र समिरा सिवाकोटी सन् २००४ मा अमेरिका आएका थिए । यि दुईको जोडी असाध्यै लोभलाग्दो थियो । आफ्नै ग्यास स्टेशन थियो । कमाइपनि राम्रै भइरहेको थियो । अमेरिका आएको १० बर्ष भइसकेकाले नवराज दम्पत्तिलाई खाशै गाह्रोसाह्रो केही थिएन । एकपछि अर्को दुई छोरी भइसकेका थिए । उनीहरुको परिवार फुलवारी झैं फक्रदै थियो । Nwaraj Siwakoti 4 २०१५ जुन १० तारिखका दिन समिरा आफ्नै स्टोरमा ब्यस्त थिइन् । एक्कासी उनीमाथि गोली दागियो । लुटेराको सानो स्वार्थका कारण नवराजको सुःखी परिवार धुजाधुजा भयो । १४ महिना यता नवराजको मन थामिएको थिएन । दुधे दुई छोरीको रेखदेख र व्यवसाय व्यवश्थापनमा उनी सक्रिय थिए । टेक्ससको डेन्टनस्थित स्टोरमा उनि प्राय व्यस्त रहन्थे । उनि साथीभाइसँग छोरीहरुका लागि आफ्नो जीबन सर्मपित गर्ने बताउंथे । समिराको सन्दर्भ निस्किएपछि उनको भक्कानो छुट्थ्यो । उनीप्रति टेक्ससबासी सबै नेपालीको सहानुभुति थियो । Samira उनी दुई छोरीका बुबा र आमा दुबै थिए । हारेहार दैब नटार भनेजस्तो भयो । छोरीहरुको मायाले समेत नवराजलाई रोक्न सकेन । टेक्सससँगै सीमा जोडिएको ओक्लाहोमामा पुगेर उनले आत्महत्या गरे । अगष्ट ७, २०१६ टेक्सासका लागि अर्को कालो दिन बन्यो । नवराजलाई बचाउनका लागि हरतरहको प्रयास भयो । तर, सम्भव भएन । यि दुई कलिला दिदीबहिनीलाई दैबले समेत दया राखेन । Simira 4 नवराज भन्दा पहिले उनका दाजु बिष्णु अमेरिका आएका थिए । स्न १९९६ देखि अमेरिकामा बस्दै आएका बिष्णुले भाइका छोरीहरुको लालनपालनको जिम्मा लिएका छन् । उनले भाइका छोरीलाई आफ्नै छोरी सरह हुर्काउने र आमाबुबा मरेको महशुश हुन नदिने कबुल गरेका छन् । नवराजका बुबाआमा पनि अमेरिकामा बस्दै आएका छन् । उनीहरुको आँशु थामिएको छैन । Simira 3 तस्बिर समिरा सिवाकाेटीकाे फेसबुकबाट ।

Nabaraj Siwakoti Samira Siwakoti

विशेष