स्वास्थ्य

कफी र बीयरको सेवनले स्वास्थ्यलाई फाइदा गर्ने

कफी र बीयरको सेवनले स्वास्थ्यलाई फाइदा गर्ने
coffieसाउन २७ । हरेकदिन बिहान कफी र साँझ चिसो बीयर वा रेड वाइनले स्वास्थ्यमा फाइदा हुने एक अध्ययनले दाबी गरेको छ । कफीको सेवनले केही प्रकारका क्यानसर र दीर्घकालिन रोग जस्तै मधुमेह, अल्जाइमर्स डिजिज र पार्किन्सन्स डिजिजबाट बचाउने अध्ययनमा उल्लेख छ । अमेरिकाको हावर्ड स्कूल अफ पब्लिक हेल्थले तीन लाख महिला र पुरुषमा गरेको गरेको तीस वर्ष लामो सवेक्षणले यस्तो तथ्य पत्ता लगाएको हो । अध्ययनका अनुसार कफिको सेवनले मुटु र नशासम्बन्धी रोगबाट ज्यान जाने जोखिम कम गराउँछ । त्यस्तै, ‘अल्कोहलिजम क्लिनकल एण्ड एक्सपेरिमेण्टल रिसर्च’ नामक एक जर्नलमा प्रकाशित अर्को अध्ययनले मदिरा सेवन र न्यूनमृत्युदरबीच सम्बन्ध भएको पत्ता लगाएको छ । अध्ययनकर्ताको समूहले बीच वर्ष लगाएर एक हजार ८ सय १४ जना मानिसमा अध्ययन गर्दा मदिरा सेवन नगर्ने ६९ प्रतिशत मानिसको अध्ययनकै क्रममा मृत्यु भएको थियो । बाँकी ४१ प्रतिशत मृत्यु हुनेहरु भने मदिरा सेवन गर्थे । -एजेन्सी

bear coffee

विशेष