समाज

प्रचण्ड सरकारलार्इ अन्तिम चेतावनी दिदै गंगामायाले अनशन सुरु गरिन्

प्रचण्ड सरकारलार्इ अन्तिम चेतावनी दिदै गंगामायाले अनशन सुरु गरिन्
ganga-maya-adhakari copy साउन – २७ । छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीले पुनः आमरण अनशन सुरु गरेकी छन् । सशस्त्र द्वन्द्वताका गोरखा फुजेलमा भएको कृष्णप्रसाद अधिकारी हत्याका आरोपी छविलाल पौडेलमाथि कारबाही माग गर्दै उनी बिहीबारबाट अनशन बसेकी हुन् । उनले वीर अस्पतालमा पत्रकार सम्मेलन गरी अनशन बसेको जानकारी दिइन् । उनले आफूले कि न्याय प्राप्त गरेर सहज जीवनयापन गर्ने कि मरेर जाने अन्तिम निर्णयमा पुगेको बताएन् । सर्वोच्च अदालतले पौडेललाई हिरासतमा पुर्पक्षमा राखेर कारबाही गर्ने फैसला गरेको थियो । सो फैसला कार्यान्वयन हुन सकेको थिएन् । गंगामायाले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने लगत्तै आफ्ना माग पूरा नभए आमरण अनशन बस्ने चेतावनी दिएको थिइन । अधिकारी दम्पती न्याय माग्दै अनशनमा बसेका बेला नन्दप्रसादको मृत्यु भएको थियो । उनको अहिलेसम्म दाहसंस्कार हुन सकेको छैन । नेपालको इतिहासमा नन्दप्रसादको मृत्यु नै पहिलो घटना हो, जुन न्यायको खोजीमा तीन सय ३२ दिन अनशन बसेर प्राणान्त भएको थियो । गंगामायाले प्रधानमन्त्री सुशील कोइराला, गृहमन्त्री वामदेव गौतम, एमालेका अध्यक्ष केपी ओली र न्यायालयका पदाधिकारी सबैले आफ्नो मागलाई सुनोनसुनो गरेको आरोप लगाइन् । उनले अव जो कोही आए पनि आफूले आमरण अनशन नतोड्ने चेतावनी दिएकी छन् । उनले छविलाल पौडेल, भीमसेन पौडेल, जानुका पौडेल, पशुराम पौडेललगायतलाई किटानी गरी चितवन जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको भए पनि हालसम्म उक्त मुद्दाको कुनै सुनुवाई भएको छैन । सर्वोच्च अदालतको आदेशमा आरोपी भीमसेन पौडेल र पशुराम पौडेललाई पक्राउ गर्नासाथ तत्कालीन (एमाओवादी) नेताको विरोध र धम्कीका कारण उनीहरुलाई धरौटीमा रिहा गरिएको थियो । माओवादीले चितवनमा २०६१ साल जेठ २४ गते आफ्नो कान्छो छोरा १७ वर्षीय कृष्णप्रसादको अपहरणपछि हत्या गरेको दाबीसहित हत्यारालाई कारबाही माग राखेर अधिकारी दम्पती यसअघि पनि पटकपटक अनशन बसेका थिए ।

Ganga Maya Adhikari

विशेष