स्वास्थ्य

यस्तो क्रियाकलाप गर्दा रहेछन् कोख भित्रका शिशुले

यस्तो क्रियाकलाप गर्दा रहेछन् कोख भित्रका शिशुले
child साउन २७ । बच्चालाई मन नपराउने मानिस कमै हुने गर्छन् । बच्चा बाहिर निस्केपछि सबैको आकर्षणको केन्द्रबिन्दू त बन्छन् नै तर ९ महिनापछि आकर्षक रुपमा जन्मिनुअघि आमाको कोखमा रहेको बच्चा कुन अवस्थमा कसरी बसेको हुन्छ भन्ने विषयमा सबैलाई खुलदुली हुन सक्छ । कोखमा रहेको शिशु केवल त्यहाँ बस्ने र समयक्रम अनुसार बृद्धि हुने गर्दछ । तर उनीहरुको ९ महिने चक्र यतिमै सिमित हुँदैन  । पेटभित्रको भ्रूण आफैमा एउटा रहस्य हो जसलाई चिकित्सकले खासै खुलासा गर्दैनन् । रुन्छन् : आमाको कोखभित्र रहेको बच्चा बारम्बार सुस्तरी रुन्छन् । तर अन्य जन्मिसकेको बालबालिका जस्तो चिच्चाएर भने होइन । गर्भवती महिलाको तेस्रो त्रैमासिकमा लिइएको डिजिटल अल्ट्रासाउन्डमा कोखभित्रको बच्चाले मुख खोलेको, आँशु चुहाएको, ओठ कमाएको र बिस्तारै मुठी पारेर रोएको संकेत देखिन्छ । तापनी भावनात्मक रुपमा उथलपुथल भन्दा पनि शिशुको नियमित विकासको पक्रियालाई लिइन्छ । स्मरण गर्छन : युनिभर्सिटी अफ हेल्सिन्कीको एक अध्ययन अनुसार कोखभित्र कुनै विशेष गीत वा लयमा आफ्नो दिमाग चलाउने बच्चा जन्मेपछि पनि चलाख र बढी स्मरण शक्ति भएका हुन्छन् । स्वाद थाहा पाउँछन् : पेडियाट्रिकमा प्रकाशित एक अध्ययन अनुसार तेस्रो त्रैमासिक अवधिमा प्रर्याप्त गाजर खाने आमाहरुको शिशु जन्मेपछि सागपात खान बढी रुचाउँछन् । अवश्य पनि शिशुले कोखमा बसेर खाना खाँदैन तर गर्भवती आमाले खाएको खानेकुराको तरल पर्दाथबाट उनीहरु बाँचेका हुन्छन् । र, यसको स्वाद पनि उनीहरुले थाहा पाउँछन् । विशेष गरी झोलिलो र फलफुलको स्वाद शिशुले थाहा पाउँछन् । सुन्छन् : कोखमा रहेका शिशु सुन्ने पनि गर्छन् । त्यही भएर गर्भवती महिलाले राम्रो श्लोक बाचन गराउने परम्परा छ । युनिभर्सिटी अफ फ्लोरिडाको एक अध्ययन अनुसार आमाहरुले विशेष प्रकारको लय बाचन गर्दा भ्रूणको मुटुको गति घट्छ । अन्य मानिसहरुले चर्को आवाजमा गीत गाउदा वा श्लोक बाचन गर्दा पनि शिशुहरुले सुन्न सक्ने बताइन्छ । तनावप्रति प्रतिकृया जनाउँछन : गर्भवती महिलालाई तनाब भयो भने कोखको भ्रूणलाई पनि तनाब हुने गर्छ । त्यही भएर गर्भाअवस्थमा आमाहरुलाई शान्त र आनन्द हुन अनुरोध गरिन्छ । ल्यानकास्टर र डुरहाम विश्वविद्यायलले गरेका दुई भिन्दा भिन्दै अध्ययनमा गर्भवती आमा जति नकरात्मक प्रतिकृया र आवेगमा आउँछन् शिशुहरु पनि उत्तेजित हुने र आफ्नो अनुहार देब्रो हातले ढाक्ने गर्छन । तसर्थ नयाँ जीवनलाई खुसी र आनन्दित बनाउन आनन्दसँग स्वास लिनुहोस र सदैब खुसी बन्नुहोस । अभिव्यक्त गर्छन : डुरहाम र ल्यानकास्टर विश्वविद्यालयलेगरेका अध्ययनअनुसार २४ साता भएका शिशुले ङिच्च हास्ने र ३६ सातामा आँखीभाैँ उचाल्ने गर्छन् ।

garva awastha pregnency

विशेष