
साउन - २७ । इलाम नगरपालिका–८ स्थित मेची राजमार्गको गुम्बाडाँडा खण्डमा भ्यानले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न ३ बजेतिर मारुती भ्यानले ठक्कर दिँदा इलाम नगरपालिका–८ की ६६ वर्षीया फूलमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिब्ल्याँटेबाट इलाम बजार आउँदै गरेको भ्यानले पैदल हिँडिरहेकी तामाङलाई ठक्कर दिएकाे थियाे । भ्यानकाे ठक्करबाट गम्भीर घाइते भएकी तामाङलाई उपचारका लागि जिल्ला अस्पताल ल्याएपछि मृत्यु भएको प्रहरीको भनाइ छ । भ्यान चालक बरबोटे गाविस–२ का रोहन दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
ilam
Road Acciddent
road accident