खेल

अमेरिकी गल्फ खेलाडीलाई गोहीको आतंक

अमेरिकी गल्फ खेलाडीलाई गोहीको आतंक

साउन २७ । अमेरिकी गल्फ खेलाडी अहिले रियोमा आतंकित छन् । उनीहरूको आतंकको कारण रियोको फितलो सुरक्षा व्यवस्था भने होइन ।

उनीहरू रियोको झारहरूमा लुकेर बस्ने गोहीका कारण यतिबेला त्रसित भएका छन् । रियो ओलम्पिकमा गल्फ १ सय १२ वर्षपछि समावेश भएको हो । पहिलो आधुनिक ओलम्पिक सन् १८९६ मा ग्रिसमा अन्तिम पटक गल्फलाई समावेश गरिएको थियो । त्यसपछि रियोमा पुनः यो खेल फर्किएको हो । रियो ओलम्पिकमा अमेरिकाबाट बुब्बा वाटसन, रिकी फोलेर, प्याट्रिक रिड र म्याट कुचारजस्ता खेलाडी समावेश छन् । रियोमा ७२ होलको गल्फ कोर्षमा यसको स्पर्धा हुँदैछ । अनौठो कुरा के छ भने गल्फ कोर्ष नजिकै बाक्लो जंगल छ र त्यहाँ ठूलो परिमाणमा गोहीहरु टहलिरहेको भेटिन्छ ।

ओलम्पिकमा सहभागिताका लागि रियोको ओलम्पिक भिलेज पुगिसकेका अमेरिकी गल्फर फोलेर निकै मनमोजी मानिन्छन् । उनले खेलका दौरान गोहीसँग आफूहरूको जम्काभेट नहुने आशा व्यक्त गरे । र, भने, ‘म त्यति ठूलो जनावरसँग कसरी एक्लै लड्न सक्छु । त्यसैले उनीसँग गल्फ कोर्षमा भेट नहोस् भन्ने कामना गर्छु,’ उनले भने ।

gohiko atanka gulf in rio

विशेष