देश

तीन दिनदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग खुला

तीन दिनदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग खुला

road-clipart-road-clipart-04

साउन - २७ । पहिराका कारण तीन दिन अगाडिदेखि अवरुद्ध धुन्चे–स्याफ्रु–रसुवागढी खण्डको पासाङल्हामु राजमार्ग बिहीबार अपराह्नदेखि खुला भएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रमुख दर्शन गिरीका अनुसार नेपाली सेना नारायणदल गण र मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदल समेतको संयुक्त प्रयासबाट विस्फोटक पदार्थको सहायताले सडकमा रहेका ढुङ्गा विस्फोट गराई सवारी साधन आवतजावत गराइएको हो ।

सडक खुला भएपछि सडकमा अलपत्र परेका सयौँ कन्टेनर तथा ट्रक अहिले साँझ नै रसुवागढीतर्फ प्रस्थान गरिसकेको छ । सशस्त्र प्रहरी प्रमुख गिरीले नेपाल–चीनको एक मात्र व्यापारी नाका सञ्चालन गराउन आफू अहोरात्र तल्लीन रहेको बताए।

नेपाली सेनाले जैविक विविधता संरक्षणलाई ध्यानमा राखी हल्का तवरले विस्फोटक पदार्थ प्रयोग गरी दुई दिनको प्रयासबाट सडक खुला गरेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले जानकारी दिए। रासस

nepali died in road accident Road

विशेष