खेल

महेन्द्र पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

महेन्द्र पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश
Football 1 साउन - २७ । महेन्द्र पुलिस क्लब र त्रिभुवन आर्मी क्लब चितवनमा जारी चौथो नेपाल कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । चितवनमा जारी प्रतियोगिताअन्तरगत आज भएको पहिलो खेलमा एभरेष्ट क्लब चितवनलाई तीन शून्य गोलअन्तरले पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा पुलिसको भिडन्त शुक्रबार हुने ब्वाईज युनियन र सशस्त्र प्रहरी बलको एपिएफ क्लबको विजेतासंग हुनेछ । त्यस्तै अर्को खेलमा विरगंज युथ एकेडेमीलाई तीन शून्य गोल अन्तरले पराजित गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सेमिफाइनमा प्रवेश गरेको हो । सेमिफाइनलमा सेनाको भिडन्त एनआरटी क्लबसँग हुनेछ । प्रतियोगितको अन्तिम क्वार्टरफाइनल शनिबार काठमाडौको ब्वाइज युनियन क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबविच हुने छ ।

football Mahendra Police Club tribhuban army club

विशेष