इतिहासमा आज

आज अन्तर्राष्ट्रिय युवा दिवस, विभिन्न कार्यक्रम गरि मनाइदैं

आज अन्तर्राष्ट्रिय युवा दिवस, विभिन्न कार्यक्रम गरि मनाइदैं

Internation Youth Day

सन् १९९८ अगष्ट ८–१२ मा सम्पन्न युवा प्रति जवाफदेखि मन्त्रीहरुको विश्व सम्मेलनको प्रस्तावमा संयुक्त राष्ट्र संघको अनुमोदन गरेपछि हरेक वर्ष अगष्ट–१२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाईदै आईएको छ । युवाहरुको साँस्कृतिक तथा कानुनी समस्याहरु प्रति ध्यान आकर्षित गरी त्यस्ता समस्याहरुको समाधान गर्नु यस दिवसको प्रमुख उद्देश्य हो ।

पहिलो अन्र्तराष्ट्रिय दिवस सन् २००० अगष्ट १२ मा मनाईएको थियो । सरकार तथा अन्य संघ–संस्थाहरुलाई युवाहरुको विषयमा ध्यान आकर्षित गराउने मौकाको रुपमा यस दिवसलाई लिईन्छ । यस दिवसको उपलक्ष्यमा विश्वभरी विभिन्न कार्यशाला, विचार गोष्ठी, संगित तथा साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरिन्छ जहाँ राष्ट्रिय तथा स्थानीय सरकारी अधिकारीहरु तथा युवा संग सम्बन्धित संघ–संस्थाहरुको प्रतिनिधित्व रहने गर्दछ ।

Internation Youth Day

विशेष