खस जातिको कुन थर कसरी बनेको हो, तपाईलाई थाहा छ ? छैन भने यो पढ्नुहोस्
साउन २८ । खस जातिको इतिहास धेरै पुरानो छ । खसहरु इराकबाट भारतको कश्मिरहुँदै नेपाल प्रवेश गरेका हुन् भन्ने गरिन्छ । खस जाति नेपाल, भारत, भुटान, बर्मालगायत मुलुकमा छरिएका छन् । खसमा धेरै थर छन् । धेरै जसो थरहरु गाउँको नामबाट, केही दर्जाबाट बनेका छन् । खस जातिका सबै थरहरु भने तल दिइएको सुचीमा समावेश छैनन् । उपलब्ध भएअनुसार समावेश गरिएको हो ।आफ्नो थर के हो र कसरी उत्पति भयो भन्ने जिज्ञासा छ भने तलको सूची पढ्नुहोस्ः
सरकारी दर्जाबाट उत्पत्ति भएका थरहरू
अधिकारी – दराको हाकिम कार्की – राजस्व अधिकृत भट्ट – राज पुरोहित वा धर्मा्िधकारी भण्डारी – राजकीय कोषको प्रमुख लेखक – लेखक महत – ग्राम प्रमुख रोकाया – महतको सहयोगी थापा – सैनिक दर्जा खड्का – सैनिक दर्जा राना – सैनिक दर्जा बुढा – सैनिक दर्जा बस्नेत – सैनिक दर्जा
कर्णाली अञ्चलका गाउँका नाउँबाट उत्पत्ति भएका थरहरू जुम्ला गाउँ– थर धिता– धिताल पाण्डुसेरा– पाण्डे सिञ्जा– सिंजापति चैडिलागाउँ –चौलागाई प्याकुरी– प्याकुरेल सिम्खाडा– सिम्खडा
अछाम तिमिल्सैन– तिमिल्सिना, तिम्सिना घमिराउँ– घिमिरे देवकोट– देवकोटा ढुङ्ग्रानी– ढुङ्गाना ढाँकु– ढकाल बजगाउँ– बजगाई रिमा– रिमाल, रसाईली स्वाँरा– स्वार घोडासैन– घोडासैनी पुरासैन– पुडासैनी धमाली– धमला दर्ना– दर्नाल कुइका– कुइँकेल, चाल्सा– चालिसे बारला–बराल लामिसाल– लम्साल
बझाङ रेगम– रेग्मी सोत– सोती खार– खरेल, खराल सुवाडा–सुबेडा, सुवेदी बयाना– बनियाँ, बानियाँ
बाजुरा जमकट्टी– जमरकट्टेल छाती– छन्त्याल कुँडी– कुड्याल बेलकाटे– केलकाटिया खातिवाडा– खाती
बैतडी गाजरी– गजुरेल
डोटी डोटेखेला– डोटेल निरौली– निरौला ओझाना– ओझा बोगटान– बोगटी मुडभरा–मुडभरी
मुगु खनाया– खनाल कालैगाउँ– कल्यान खत्याड– खतिवडा
दैलेख लामाछान्नी–लामिछाने बाँस्कोट–बास्कोटा बाँस्तोली–बास्तोला सातला– सत्याल लुयाटी–लुईटेल चापागाउँ– चापागाईं नेपा–नेपाल रिजु्– रिजाल पोखर– पोखरेल लम्सु– लम्साल लम्जी– लम्जेल दह– दाहाल, दहाल गैह्रा–गैह्रे, गैरे भूर्ति– भूर्तेल पराजुल–पराजुली कोइराली–कोइराला दवाडा– दवाडी कट्टील–कट्टेल भुषाकोट– भुषाल सुइय–सुञेल वड–वडाल मोडासैन–मरासैनी,मरासिनी गुरगाउँ– गुरागाईं
कालिकोट खिट्किसैन– खिर्सिने भुतौ– भुर्तेल राँचु– रुचाल गेला–गेलाल वञ्जाडा–वञ्जाडे बाँझकोट–बाझकोटा
रुकुम सर्पुकोट–सापकोटा
दाङ रजौरा– रजौरिया
स्रोतः विकिपिडिया