मनोरञ्जन
आलियाको पोष्टमा 'रुस्तम'को भिडियो
शुक्रबार, २८ साउन २०७३ गते प्रकाशित

साउन - २८ । अभिनेता अक्षय कुमारको फिल्म रुस्तम लाई पछिल्लो समय बलिउडका कलाकारले आ आफ्नै ढंगले प्रचार गरिरहेका छन् ।
केही दिनअघि मात्र यो फिल्म प्रचार गर्न अभिनेता सलमान खानले एउटा भिडियो सामाजिक सञ्जालमा अपलोड गरेका थिए । यो फिल्म प्रचार गर्ने लिस्टमा अब आलिया भट्ट पनि थपिएकी छिन् । आलियाले यो फिल्म प्रचार गर्न ट्विटरमा भिडियो अपलोड गरेकी हुन् ।
पँहेलो साडी लगाएर टिपटिप बर्सा पानी भन्ने गीतमा नाचेको भिडियो उनले हालेकी हुन् ।उनको यो भिडियोमा २ हजार ५ सयपटकभन्दा धेरै रिट्विट गरिएको छ । रुस्तम १२ अगस्टमा रिलिज हुँदैछ ।
aliya bhatta
rustan