सोनाक्षीको रिस मिडियामाथि
साउन २८ । केही दिनअघि मात्र बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको विवाह हुने खबर मिडियामा आयो ।यो खबर यति छिटो भाइरल भयो कि बलिउडमा सबैभन्दा धेरै चर्चा यसैको भयो । तर,यही कारण सोनाक्षी मिडियासगँ भड्किएकी छिन् ।
सोनाक्षीले यो रिस सामाजिक सञ्जाल ट्विटरमा देखाएकी छिन् । उनले ट्विटरमा लेखेकी छिन्, 'मेरो परिवार साथी तथा मलाई मेरो भविष्यबारे बताइदिएकोमा धन्यवाद ! तर, साँचो होइन् । अफवाह प्रचार गर्न छोड्नुहोस्, जतिसक्दो छिटो ।'
एउटा वेबसाइटले सोनाक्षीले सोहेल खानका साला बन्टी सचदेवसँग विवाह गर्ने निश्चित भइसकेको दाबी गरेको थियो । त्यो वेबसाइटले सोनाक्षीले विवाहकै लागि अहिले गरिरहेको काम छिटो गरेको र नयाँ ‘अफर’ अस्वीकार गरेकोसमेत दाबी गरेको थियो । तर, सोनाक्षीले यी सबै झुट भएको बताएकी छिन् । त्यसो त बन्टीसँग सन् २०१२ देखि अफेयर चलेको दाबीबारे चाहीँ उनले केही भनिन् ।
sonakshi sinha