खेल

रहेनन् कीर्तिमानी ब्याट्स्म्यान हानिफ

रहेनन् कीर्तिमानी ब्याट्स्म्यान हानिफ
Hanif Mohammadसाउन–२८ । पाकिस्तानका पूर्व ब्याट्सम्यान हानिफ मोहम्मदको ८१ वर्षको उमेरमा बिहीबार निधन भएको छ । हानिफले टेस्ट क्रिकेटको इतिहासमा सबै भन्दा लामो पारी खेलेर कीर्तिमान बनाएका थिए । हानिफले सन् १९५९ मा बाहावलापुलसँगको खेलमा कराँचीका लागि बनाएको चार सय ९९ रन फस्ट क्लास क्रिकेटमा बनाएको सबै भन्दा धेरै रन थियो । यो कीर्तिमान ३५ वर्षसम्म तोडिएको थिएन । तर ३५ वर्षपछि ब्राएन लाराले पाँच सय एक रन बनाएर कीर्तिमान तोडे । हानिफले सन् १९५८ मा वेष्ट इन्डिजसँगको खेलमा १६ घण्टा १० मिनेटको पारी खेलेर तीन सय ३७ रन बनाएका थिए । यो टेस्ट क्रिकेटको सबै भन्दा लामो पारीको रुपमा कायम छ । हानिफले दुई दशकसम्म म्यागजिनको सम्पादन गरेका थिए । सन् २०१३ मा उनको क्यान्सरको उपचार भएको थियो । स्वाशप्रस्वाशसँग सम्बन्धित समस्याको उपचारको क्रममा कराँचीमा उनको निधन भएको हो ।

Cricket Mohammad Hanif Pakistan

विशेष