खेल

रियो ओलम्पिकको एकै स्पर्धमा दुईलाई स्वर्ण पदक

रियो ओलम्पिकको एकै स्पर्धमा दुईलाई स्वर्ण पदक
100-M-Freestyle-olympicसाउन – २८ । रियो ओलम्पिक अन्तर्गत पौडीको एउटै स्पर्धमा अमेरिकाकी २० वर्षे सिमोन म्यानुअल र क्यानडाकी १६ वर्षे पेन्नी ओलेक्सियाकले संयुक्त स्वर्ण पदक जितेका छन् । पौडीतर्फ महिला १०० मिटर फ्रिस्टाइलमा दुवैले संयुक्तमा स्वर्ण जितेका हुन् । उल्लेखनीय रुपमा एकै समयमा निर्धारित दूरी ५२.७० सेकेण्डमा पूरा गरेका उनीहरुले नयाँ ओलम्पिक कीर्तिमान समेत राखेका छन् । यसअघि सन् २००० मा भएको ओलम्पिकमा पौडिको पुरष ५० मिटर फ्रिस्टाइलमा अमेरिकाका ग्यारी हल र एन्थोनी एर्र्भिनले संयुक्त रुपमा पूरा गरेर स्वर्ण पदक जितेका थिए ।

विशेष