
साउन २८ । तनहुँ जिल्लामा सम्बन्धविच्छेद गर्ने जोडीको सङ्ख्यामा वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७२-७३ को असार मसान्तसम्म १९९ जोडीको सम्बन्धविच्छेद भएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार विश्वनाथ अर्यालले जानकारी दिएका छन् ।
सो अवधिमा २४३ वटा सम्बन्धविच्छेद गर्न मुद्दा दर्ता भएका थिए । जिल्लामा अघिल्लो वर्ष १८९ जोडीको सम्बन्धविच्छेद भएको थियो ।
घरेलु हिंसा, वैदेशिक रोजगार र सामाजिक सचेतनाका कारणले नै सम्बन्धविच्छेद गर्ने जोडीको सङ्ख्यामा वृद्धि हुँदै गएको अदालतका नासु कृष्णप्रसाद गौतमले बताए । रासस
divorce
tanahun divorce