स्वास्थ्य

खयरको औषधीय गुण

खयरको औषधीय गुण
khayar-nepalaaja खयर (Acacia Catechu) बनौषधीको रुपमा प्राचिन समय देखि प्रयोग गरिदै आएको वनस्पति हो । यसको खदिर सार (कत्था), बोक्रो प्रयोगमा ल्याइन्छ । खयरको काठमा Catechin र Tannic acid पदार्थ पाइन्छ । उपयोग: चर्मरोग, दंत विकार, शुष्क खोकी, मुख भित्र हुने घाउ, पाण्डुरोग (एनिमिया), कुष्टरोग, स्वर भेद, अतिसार, रक्त बिकार र प्रमहमा उपयोग गरिन्छ । खयरको कत्था– संग्रहणी, अतिसार, पिरो डकारमा लाभकारी हुन्छ । गीजाबाट रगत बगेमा कुल्ला गर्दा निको हुन्छ । सुख्खा खोकी लागेमा खयरको बोक्राको गुढी चार भाग, बर्रोको बोक्रो गुढी दुई भाग र ल्वाङ एक भागको चुर्ण बनाएर एक एक ग्राम दिनको ३ पटक महसँग खानाले खुख्खा खोकीबाट आराम मिल्दछ । यसको पैचाङ्गको क्वाथ बनाएर प्रतिदिन विहान–वेलुका दुई–दुई चम्चा खाँदा चर्मरोग तथा कुष्ठरोग निको हुन्छ । - रक्त पित्त (मुख, नाक, मलद्वार र मुत्रमार्गबाट रक्तश्राव भएमा)मा खयरको फुलको चुर्ण एक एक चम्चा मह मिलाएर विहान वेलुका सेवन गर्नुपर्दछ । - अतिसारमा पाँच ग्राम कत्था चुर्ण ताजा मोहीसँग घोलेर पिएमा आराम हुन्छ । - भंगदर  रोगमा खयरको बोक्रा र त्रिफलाको काडा मिलाई भैसीको घिउ र विडंगको चुर्ण मिलाएर पिउनु पर्दछ । - (व्रण) घाउ भएमा बोक्रा पानीमा उमालेर सफा गर्नु पर्दछ र यसमा दुई/दुई ग्राम त्रिफला  मिलाएर विहान बेलुका पिउनु पर्दछ । - बातरक्त रोगमा खयरको मूलको चुर्ण समभाग अमलाको रसमा मिलाएर यसमा घिउ तथा मह मिसाएर विहान बेलुका पिउनु पर्दछ ।
मात्रा– त्वक (बोक्रा) चूर्ण– १ देखि ३ ग्राम क्वाथ (काँडा) – ५० देखि १०० मि.लि खदिरसार (Abstract)– १/२ देखि १ ग्राम
र योपनि, ► पारिजात एक औषधी अनेक ► यी रोगमा रामबाँण हुन सक्छ दुबो

khayarko aausadhiya goon medicinal benefit of Cacia Catechu medicinal benefit of khayar

विशेष