स्वास्थ्य

यस्ताे लक्षण देखिएमा किड्नीमा समस्या हुन्छ, हाेसियार

यस्ताे लक्षण देखिएमा किड्नीमा समस्या हुन्छ, हाेसियार

किड्नीमा पत्थरी हुने समस्या दैनिक रुपमा बढ्दै छ र आम समस्या बन्दै गएको छ ।

तर, यसका केही लक्षणहरु छन् जसलाई समयमा नै चिन्ने हो भने समस्याबाट छुटकारा पाउन सकिन्छ । यो पिसाबसँग सम्बन्धित रोग हो, जसमा किडनी भित्र सानासाना पत्थरहरु बन्ने गर्छन् । पर्याप्त मात्रामा पानी नपिउनु र खानपानको गलत बानीका कारण यो समस्या हुने गर्दछ । यद्यपी यसका लक्षण थाहा पाउने हो भने यो रोगबाट बच्न सकिन्छ ।

पेटको तल्लो भागमा अत्याधिक दुख्नु र पिसाब फेर्दा पोल्नु किड्नी पत्थरीको लक्षण हो । लामो समयसम्म किड्नीको उपचार नगर्नाले किड्नीको सुचारु प्रक्रियामा समस्या आउने तथा क्यान्सरसम्म हुन सक्दछ । तल लेखिएका लक्षणहरु तपाईँमा पनि देखिएको छ भने वेवास्ता नगर्नुहोस् किनभने यो किड्नीमा हुने पत्थरीका संकेतहरु हुन् । 

कम्मरमा तथा पेटको तल्लो भागमा अत्याधिक दुखाई हुनु । -

ढाड र काखीको तल दुख्नु ।

दिगदिग लाग्नु र बान्ता हुने तथा बान्ताको समयमा दुखाई हुनु ।

बेचैनी महशुस हुनु ।

पिसाव गर्दा पोल्नु ।

पिसावमा रगको मात्रा देखिनु । 

पिसाव गन्हाउने तथा कालो रंगको हुनु ।

पिसाव फेर्दा पेटको तल्लो भागमा दुखाई हुनु ।

निरन्तर रुघा लाग्नु र चिसो महशुस हुनु । 

पिसाव सामान्य नहुनु ।

एजेन्सी

kidney stone

विशेष