
साउन - २८ । सशस्त्र प्रहरीको एपिएफ क्लब चौथो नेपालकप फुटबल प्रतियोगिताको सेमिफाइनलम प्रबेश गरेको छ ।
चितवनमा आज भएको खेलमा ब्वाइज युनियन क्लबलाई चार–एक गोलअन्तरले हराउंदै एपिएफ सेमिफाइनलमा प्रबेश गरेको हो ।
एपिएफको जितमा अन्जन बिष्टले दुई, नविन लामाले एक र युवराज खड्काले १-१ गोल गरेका हुन् । ब्वाइज युनियनका लागी एकमात्र गोल सन्दीप मैनालीले गरेका थिए ।
एपिएफले फाइनल प्रबेशका लागि अर्को विभागीय टोली नेपाल पुलिस क्लबसंग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलका खेल भोलिबाट हुनेछन् ।
Nepal Cup Football