कोरला नाका पुनः खुल्ला गरियो
साउन २८ । नेपाल–चीन सिमानाको कोरला नाका पुनः १५ दिनका लागि खुल्ला गरिएको छ ।
बुधबारदेखि खुल्ला गरिएको नाकामा किनमेलका लागि चहलपहल बढेको छ । यस अघि असार १ गतेदेखि १६ दिनसम्म नाका खुल्ला गरिएको थियो । स्थानीय ब्यापारीको मागलाई ध्यानमा राखेर पुनः नाका खुल्ला गरिएको अधिकारीले जानकारी दिएका छन् ।
कोरला नाका उपल्लो मुस्ताङको उत्तर तर्फको सिमाना हो । असोजबाटै कोरलामा हिउं पर्ने भएकाले स्थानीयलाई हिउँदका लागि सामानको जोहो गर्न साउनमै नाका खुल्ला गरिएको हो ।
केपी ओली नेतृत्वको सरकारका उद्योगमन्त्री गत जेठमा लोमान्थाङ पुग्दा कोरला नाकालाई बर्षभरि खुलाउन नेपालको तर्फबाट पहल भएको जानकारी गराएका थिए । सोहि अनुरुप प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले सिमानामा बोर्डर आउट पोष्ट (बिओपी) सशस्त्र सिमा सुरक्षा बल राख्न गृहमन्त्रालयलाई पत्राचार गरे ।
मन्त्रालयले कोरला नाकामा बिओपी राख्न भौतिक संरचना निर्माणका लागि तयारी थालेको छ । चीनको तर्फबाट सिमानामा सुरक्षा अवस्था मजबुत भएमा दिर्घकालिन रुपमै नाका खुलाउन सकिने जानकारी गराएकाले बिओपी राख्न असारमा तत्कालिन रक्षामन्त्री भीम रावल सहितको टोली लोमान्थाङ गएको थियो ।
korala naka khulyo