नेपालमा हिन्दी चलचित्र मालामाल, नेपालीलाई हात लाग्यो शुन्य
साउन २९ । वितरकले खुलासा गरेका छन सलमान खान अभिनित हिन्दी चलचित्र सुल्तानले नेपाली बजारमा मात्रै करिब १० करोड रुपैयाँभन्दा बढीको व्यापार ग¥यो । गत महिना रिलिज भएको यो फिल्मको वितरण अधिकार पनि ठुलै रकम तिरेर लिईएको थियो । भारतको नाकाबन्दी र अन्य राजनीतिक कारणले नेपालमा भारतको लोकप्रियता घटेको भन्ने व्याख्या विपरित बलिउड प्रभाव भने नेपाली फिल्म बजारमा झन बढिरहेको देखिन्छ । यो तथ्यले अर्को के पनि पुष्टि गर्छ भने नेपालमा फिल्म बजार तीव्र गतीमा बढिरहेको देखिन्छ । राजधानी काठमांडौ लगायत अन्य सहरमा पनि सुविधासम्पन्न मल्टिप्लेक्स सिनेमा हलको संख्या बढिरहेको छ । मल्टिप्लेक्समा टिकट मुल्य पनि महंगो हुने भएकाले फिल्मको कारोवार पनि बढेको हो । पछिल्ला दिनमा एक करोड भन्दा बढीको कारोवार गर्न सफल भए केही नेपाली फिल्महरु ड्रिम्स, कबड्डी कबड्डी कालोपोथी लगायत ।
वर्षमा मुस्किलले ८ दश वटा नेपाली फिल्मले मात्रै लगानी सुरक्षित गरिरहेको बेला नेपाल बजारमा हिन्दी फिल्मले गर्ने कमाई चर्को छ । ‘हामीले राम्रो हल त हिन्दी फिल्मको लागि बनाईदिएको जस्तो भयो ।’
एक फिल्म निर्देशकले भने हामीसँंग यी हलमा चल्ने फिल्म नै हुँदैनन । हिन्दी फिल्म हरेक साता आउँछन यस्तो भएपछि हलवालाको प्राथमिकतामा पनि हिन्दी फिल्म नै हुन्छ । आखिर नेपाली फिल्म बजारमा हिन्दी फिल्म कसरी ठुलो माछो बन्यो नेपाली फिल्म आफ्नै बजारमा किन दोस्रो दर्जामा छ ? नेपाली फिल्मले आफ्नो बजारमा आफ्नै पकड कसरी कायम राख्न सक्ला ?
हिन्दी फिल्मको नेपालमा प्रचार गर्ने पर्दैन भारतीय टिभी च्यानलको प्रसारले यहाँ काम गर्छ । उनीहरुले टीभी प्रचारमा जति खर्च गर्छन त्यतिमा त हाम्रो फिल्म नै बन्छ । निर्देशक मिन बहादुर भामले भने ‘ नेपाली दर्शकमा बलिउड स्टारहरुको स साना समाचारहरु देखी गसिपसम्म लोकप्रिय छन् । कान्तिपुर दैनिकबाट