खेल

नेपाल नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दै

नेपाल नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दै
Nepali cricketसाउन २९ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेदरल्याण्ड्स र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने तीन बजेबाट सुरु हुनेछ । नेदरल्याण्ड्स १० अंकका साथ शीर्ष स्थानमा रहेको छ भने नेपाल ४ अंकका साथ छैठौ स्थानमा छ । नेपालले तीन राष्ट्रसँग खेलेका ६ खेलमध्ये चार खेल गुमाएको थियो भने दुई खेलमा विजयी भएको थियो । नेपाल घरेलु मैदानमा भएको खेलमा नामिबियालाई दुवै खेलमा पराजित गरेको थियो । नेपाल स्कटल्याण्ड र पपुवा न्युगिनीसँग भने चारै खेलमा पराजित भएको थियो । नेदरल्याण्ड्सविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण छ । अघिल्ला चार खेलमा जित हात पारेको घरेलु टोली नेदरल्याण्ड्स बलियो टोली हो । विश्व क्रिकेट लिग डिभिजन दुईको खेलमा नेपालले नेदरल्याण्ड्समाथि दुई विकेटको जित हात पारेको थियो। नेपालले नेदरल्याण्ड्ससँग आफ्नो दोस्रो खेल भोलि खेल्नेछ । प्रतियोगितामा नेपाल र नेदरल्याण्डसहित हङकङ, पपुवा न्युगिनी, स्कटल्याण्ड, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स युएई गरी ८ राष्ट्र सहभागी छन् ।

nederlands Nepali Cricket

विशेष