प्रेमको हल्ला चलेका यी पाँच नेपाली सेलिब्रेटि
साउन - २९ । सेलिब्रेटिहरुलाई सेतो रङको लुगा भनेर हास्यँ कलाकार दिपकराज गिरिले भन्ने गरेका छन् । अर्थात उनीहरुले गरेका सानातिना काम पनि टाढैबाट देखिन्छन् । अझ कुनै नायक नायिकासगँ फिल्म खेलेपछि त उनीहरु झनै विवादमा तानिन्छन् । यी हुन् नेपाली चलचित्र क्षेत्रका पाँच जोडि जसको कुनै जमानममा प्रेमको हल्ला निकै चल्यो र सेलाउन पनि समय लागेन ।
नेपाली दर्शकका लागि अहिलेका हट केक बनेका नायक अनमोल केसी र आना शर्माको प्रेमको चर्चा पनि खुबै चल्यो । नायिका आनाले अनमोलको दोस्रो फिल्म जेरीबाट सिनेमा जगतमा डेब्यू गरेकी हुन् । एकाएक चर्चामा आएको यो जोडि फिल्म जेरी चलेर सफ भइसकेपछि पनि रहिरह्यो । पछि आएर उनीहरु सँगै देखिन छोडेपछि उनीहरुको चर्चा पनि सेलायो । अहिले आना र अनमोल कसैको प्रेममा नरहेको र केवल साथी मात्र भएको बताएँछन् ।
‘लुट’ चलिचित्र निर्देशन गरेर एकाएक चलचित्र जगतमा हिट भए निर्देशक निश्चल बस्नेत । अधिकांश नेपाली दर्शकलाई हलसम्म पुर्याउन उनको फिल्मको योगदान रहेको आम दर्शकको बुझाइ छ । यी निर्देशक पनि नायिकासगँको प्रेमको हल्लाबाट चोखो रहन पाएनन् । लुटमा समेत नायिका रहेकी ऋचा शर्मासगँ उनको प्रेमको हल्ला निकै चल्यो । तर, यो कुरा यी दुबैले अस्विकार गर्दै आए । यता ऋचासँग प्रेमको हल्ला चलेको समयमा निश्चलले ‘होस्टल रिटर्नस्’ की नायिका स्वस्तिमा खड्कासगँ विवाह गरिदिएर हल्ला चलाउनेलाई नै चकित पारिदिए । उनको विवाहले यी हल्लालाई गलत साबित गरिदियो । विवाह पछि पनि धेरै कार्यक्रममा सँगै देखिने ऋचा र निश्चलले आफूहरु असल साथि मात्र भएको र बजारको हल्लाको पछि नलाग्ने बताएका छन् ।
पूर्व मिस नेपाल मलिना जोशी र नायक अनुप विक्रम शाही प्राय सँगै देखिन्थे । यति मात्र नभइ सामाजिक सञ्जालहरुमा पनि उनीहरुले सँगै रहेका फोटोहरु सेयर गर्ने गर्दथे । लामो समयसम्म प्रेममा रहेका भनिएका उनीहरु अहिले अलग छन् । नायक अनुपको ठमेर डट कमको रिलिजको समयमा उनीहरुको ब्रेक अपको खबर बाहिरियो । एक कार्यक्रममा मलिनाले आफू र अनुपबीच प्रेम नभएको बताएपछि अहिले यो हल्ला सेलाएको छ । प्रेमबाट बाहिरिए पनि यी दुईले सँगै स्क्रिन सेयर गरेर फिल्म खेल्न लागेको खबर बाहिरिएको छ ।
चलचित्र ‘लभ सब’ मा सँगै देखिएका सलोन बस्नेत र करिश्मा श्रेष्ठबीच प्रेम चलिरहेको बताइन्छ । विभिन्न कार्यक्रममा सगैँ पुग्ने गरेको यो जोडि ‘लभ सब’ देखि नै जमेको बताइन्छ । नायिका करिश्माले ‘लभ सब’ बाट नै चलचित्रमा पाइला चालेकी हुन् ।
‘चपली हाइट २’ बाट एकसाथ अभिनयमा उत्रिएका आयुष्मान देशराज जोशी र परमिता राणा घोषित प्रेमी प्रेमिका हुन् । आफू प्रेमी प्रेमीका रहेको कुरा यी दुइ खुलेरै बताएँछन् । एक कार्यक्रममा यी दुईले आफूहरु प्रेमी प्रेमीका भएकाले चलचित्रको धेरै दृश्यहरु गर्न सजिलो भएको बताएका थिए । चलचित्रमा आउनु अघि नै यी दुई प्रेममा रहँदै आएका थिए ।
Anamol KC
Anna Sharma
Chapli Height
Love Sab
Salon Basnet