खेल

नेदरल्यान्ड्सविरुद्धको खेल्दै, यस्तो छ विगतको नतिजा

नेदरल्यान्ड्सविरुद्धको खेल्दै, यस्तो छ विगतको नतिजा
साउन – २९ । ज्ञानेन्द्र मल्ल ११ रन अनिल कुमार मण्डल २० रन, पारस खड्का ० रन आउट भएका छन्। नेपालले १३ ओभरको समाप्तिमा एक विकेट गुमाउँदै ४० रन ल्याएको छ । Nepali-cricket-team-announced-for-practice-match-in-UK1 विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्यान्ड्सविरुद्ध दुई खेलका लागि नेपालले पहिलो शृंखला शनिबार भिँड्दै छ । स्थानीय वातावरणमा घुलमिल हुन संघर्ष गरिरहेको नेपालले शनिबार र सोमबार दुई दिन नेदरल्यान्ड्ससँग च्याम्पियनसिपको खेलमा प्रतिस्पर्धा गर्न लागेको हो । बिहीबार मात्र नेदरल्यान्ड्स ‘ए’ सँगको अभ्यास खेलमा ८८ रनमै अलआउट भएकाले नेपालका लागि डच भ्रमण सजिलो नहुने देखिएको छ । त्यसमा नेदरल्यान्ड्स ८ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्षस्थानमा छ । स्कटल्यान्ड र पपुवा न्युगिनीसँगको पहिलो चार खेलमा पराजित भएर नेपालले आफ्नो लय गुमाएको थियो । तर पछिल्लो पटक नेपालले घरेलु मैदानमा नामिबियालाई हराउँदै छैटौं स्थानमा पुगेर आफ्नो खेलको लयमा केही सुधार ल्याएको थियो । ‘हामीसँग चुनौती छ, नेदरल्यान्ड्ससँग खेल्नुपर्ने भएर मात्र नभई यहाँको कन्डिसनमा भिज्न पनि नेदरल्यान्ड्स बलियो स्थानमा छ । उनीहरू घरेलु मैदानमा पनि खेलिरहेका छन्’ प्रशिक्षक जगत टमाटाले भने, ‘तर हामीले राम्रो क्रिकेट खेल्ने हो । खेलमा हार–जित एउटा पाटो हो, हामीले पनि राम्रो प्रदर्शन देखाउनेछौं भन्ने आशा लिएको छु ।’ ट्वान्टी–२० शृंखलाको नतिजालाई उदाहरणका रूपमा लिंदै टमाटाले भने, ‘ट्वान्टी–२० मा हामीले नेदरल्यान्ड्सलाई हराइसकेका छौं । त्यसैले बलिङ पक्षबाट पनि हामी उनीहरूलाई हराउन सक्षम छौं ।’ कप्तान पारस खड्का सबै तयारी राम्रो भएको मान्छन् । ‘हामीले राम्रो तयारी गर्यौं, प्रदर्शन देखाउन बाँकी छ । अब निर्णायक खेल जस्तो अगाडि आइपुगेका छौं,’ उनले भने, ‘यहाँको कन्डिसन कस्तो छ भनेर बसिरहनुभन्दा यो स्थितिमा कसरी खेल्ने महत्त्वपूर्ण हुन्छ । किनभने हामीले जुनसुकै कन्डिसनमा पनि खेल्न सक्नुपर्छ । नेदरल्यान्ड्स राम्रो टिम हो, त्यही भएर हामीले बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा राम्रो गर्नुपर्छ ।’ उनले एउटा तीव्र बलर थपेर खेल्ने स्थिति आउन सक्ने सम्भावना बलियो भएको बताए । नेदरल्यान्ड्स आउनुअघि नेपालले इंग्ल्यान्डमा स्थानीय टिमसँग ५ अभ्यास खेल खेलेको थियो र सबैमा जित हात पारेको थियो । तर, पछिल्ला युरोप भ्रमणमा आधिकारिक खेलमा नेपालको प्रदर्शन निकै कमजोर रहेको छ । over हाम्रो नेपालबाट अहिले सम्म ९ चोटी शतक बनाउन खेलाडी सफल भएका छन् । अब भने १० शतक बनाउने खेलाडी को हुनेछन् प्रतिक्षा गर्नैै पर्छ ।

Cricket

विशेष