स्वास्थ्य

पिनासबारे ८ रोचक तथ्य

पिनासबारे ८ रोचक तथ्य
pinasसाउन २९ । पिनास राेग खानपान र चिसाे माैसममा ध्यान नदिनाकाे कारणले हुने गर्दछ जसलाई निम्नानुसार प्रस्तुत गरिएको छ १ धेरै चिसो र बढी धुवाँधुलोको संक्रमणका कारण पिनास हुने गर्छ । यस्तो अवस्थाबाट जोगिनुपर्छ । २ नाकको बनावटमै खराबी हुनु पनि पिनासको कारण बन्ने गरेको पुष्टि भएको छ । हड्डी बाङ्गो हुने तथा अन्य समस्याले पनि पिनास निम्त्याउन सक्छ । ३ टाउको दुख्ने, नाक बन्द हुने, नाकबाट पहेँलो पानी बगिरहने र सास फेर्न गाह्रो महसुस भयो भने पिनास भएको बुझ्न सकिन्छ । ४ पिनास छिप्पिँदै गएपछि संक्रमण फैलिएर आँखामा पनि असर पर्छ । नाक र आँखाको सम्बन्ध निकट हुने भएकाले पनि आँखामा छिटो असर पार्छ । ५ पिनास हुँदा हेलचेक्रयाइँ वा लापरबाही र्गयो भने दिमाग नै पाक्ने खतरा पनि निम्तिन सक्छ । ६ सुरुकै अवस्थामा पानीको बाफ लिने, धेरै जमेको भए पिनास पखाल्ने, चिकित्सकको सल्लाहमा एन्टिबायोटिक खाने गर्दा पिनास निको पार्न सकिन्छ । ७ छिप्पिएको पिनासमा इन्डोसाइकोसाइनेक्स सर्जरी गरी नाकको प्वाल फराकिलो पारेर तथा संक्रमणजन्य कुरा बाहिर निकालेर पिनास निको पार्न सकिन्छ । ८ रुघाखोकी, धुवाँधुलोको संक्रमणका कारण नाकमा मासु पलाउँछ । नाकको हड्डी बाङ्गो हुने समस्या भने बढीजसो जन्मजात नै हुने गर्छ । कुनै कडा सतहमा नाक ठोक्किँदा पनि यस्तो समस्या निम्तिन सक्छ । शल्यक्रिया गरेर नाक सोझो बनाउन सकिन्छ । डा. लालकिशोर यादव नाक, कान तथा घाँटीरोग विशेषज्ञ

pinas rog

विशेष