खेल

नेपालकाे २८ ओभरमा ६ विकेटको क्षति

नेपालकाे २८ ओभरमा ६ विकेटको क्षति
साउन – २९ । नेपाल र नेदरल्याण्डबीच खेल जारी छ । नेपालले व्याटिंग गरिरहेको छ । सरद भेस्वाकर र साेमपाल कामीले अहिले व्याटिंग गरिरहेका छन् । नेपाल २८ ओभरमा ६ विकेटको क्षतिमा ७४ रन बनाएको छ । ब्याटिंगमा कम्जाेर भए पनि अाक्रमक खेल्न खाेजेका भण्डारी एक चाैका सहित ९ जाेडेर पेभिलिएन फर्किएका छन् । नेपालका पाँच जना खेलाडी आउट भएका छन् । क्याटेन पारस खड्काले एक रन पनि ल्याउन सकेनन् । आक्रमक खेल खेल्ने तयारीमा रहेका ज्ञानेन्द्र मल्ल २ चौका र अनिल कुमार मण्डल १ चौका हानेर पेभिलिएन फर्किएका छन् । सागर पुनले ७ रन र राजु रिजालले ३ रन लिएर आउट भएका छन् । नेपाल ४ अंकका साथ छटाैँ स्थानमा छ भने नेदरल्याण्ड १० अंक पहिलाे स्थानमा छ ।

Cricket

विशेष