सरद भेस्वाकरले १४ रनकाे याेगदान दिएर बाहिरिए, बसन्त रेग्मी मैदानमा
साउन – २९ । नेपाल र नेदरल्याण्डबीच खेल जारी छ । नेपालले व्याटिंग गरिरहेको छ । बसन्त रेग्मी र साेमपाल कामीले अहिले व्याटिंग गरिरहेका छन् । नेपाल ३२ ओभरमा ७ विकेटको क्षतिमा ८४ रन बनाएको छ । ब्याटिंगमा कम्जाेर भए पनि अाक्रमक खेल्न खाेजेका भण्डारी एक चाैका सहित ९ जाेडेर पेभिलिएन फर्किएका थिए । सरद भेस्वाकरले १४ रनकाे याेगदान दिएर बाहिरिए छन् ।
नेपालका सात जना खेलाडी आउट भएका छन् । क्यापटेन पारस खड्काले एक रन पनि ल्याउन सकेनन् । आक्रमक खेल खेल्ने तयारीमा रहेका ज्ञानेन्द्र मल्ल २ चौका र अनिल कुमार मण्डल १ चौका हानेर पेभिलिएन फर्किएका छन् । सागर पुनले ७ रन र राजु रिजालले ३ रन लिएर आउट भएका छन् । नेपाल ४ अंकका साथ छटाैँ स्थानमा छ भने नेदरल्याण्ड १० अंक पहिलाे स्थानमा छ ।
Cricket
nepal