खेल

नेदरल्याण्डलार्इ ९५ रनकाे चुनाैती

नेदरल्याण्डलार्इ ९५ रनकाे चुनाैती
Nepali-cricket-team-announced-for-practice-match-in-UK1साउन – २९ । नेपाल र नेदरल्याण्डबीच जारी खेलमा नेपाले नेदरल्याण्डलार्इ ९५ रनकाे लक्ष्य दिएकाे छ । ५० अाेभरकाे खेलमा नेपाली टाेली ३८ अाेभर एक बल खेल्दै ९४ जाेड्न सफल भएकाे छ । क्यापटेन पारस खड्का पहिलाे बलमै अाउट भए । त्यस्तै करन केसीले पनि कुनै रन जाेड्न सकेनन् । अनिल कुमार मण्डलकाे २० रन नै नेपाली टाेलीका लागि उत्कृष्ट रहेकाे छ । बसन्त रेग्मी अाउट नभइ सात रन जाेडे भने अन्तिममा अाएका सन्दिप लामिछानेले एक रन मात्र जाेड्न सफल भए ।   ब्याटिंगमा कम्जाेर भए पनि अाक्रमक खेल्न खाेजेका भण्डारी एक चाैका सहित ९ जाेडेर पेभिलिएन फर्किएका थिए । साेमपाल कामीले एक चाैका सहित १२ रनकाे याेगदान दिए । सरद भेस्वाकरले १४ रनकाे याेगदान दिए। आक्रमक खेल खेल्ने तयारीमा रहेका ज्ञानेन्द्र मल्ल २ चौका सहिन ११ रनकाे साझेदारी गरे भने सागर पुनले ७ रन र राजु रिजालले ३ रनकाे यागदान दिए । नेपाल ४ अंकका साथ छटाैँ स्थानमा छ भने नेदरल्याण्ड १० अंक पहिलाे स्थानमा छ ।

Cricket nepal cricket

विशेष