लिसेस्टर सिटी हलसँग पराजित
साउन २९ । शनिबारबाट इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु भएको छ ।
सिजनको पहिलो खेलमा गएको सिजनको विजेता लिसेस्टर सिटी हल सिटीसँग २–१ गोल अन्तरले पराजित भयो । हल सिटीका लागि पहिलो हाल्फको अतिरिक्त समयमा डायोमान्डीले गोल गर्दै अग्रता दिलाए ।
लिसेस्टरका लागि म्हारेजले ४७ औँ मिनेटमा गोल फर्काएका थिए । ५७ औँ मिनेटमा स्नोडग्रासले गोल गर्दै हल सिटीलाई जित दिलाए ।
शनिबार नै ब्रुन्ले र स्वानसे, क्रिस्टल प्यालेस र वेस्ट ब्रुम, इभर्टन र टोटेनहाम, मिडेलस्ब्रोग र स्ट्रोक, साउथह्याम्पटन र वाटफ्रोड, म्यान सिटी र सन्डरल्याण्ड बिच खेल हुँदैछ ।
hall city
lisester city