स्वास्थ्य

स्वस्थ्य रहने ७ तरिका

स्वस्थ्य रहने ७ तरिका

Healthy

मानिसहरु स्वस्थ्य रहन विभिन्न कुरा अपनाउने गर्दछन् । त्यसमाथि पनि अहिलेको समयमा खराब जीवन शैली, जंक फुड, राती ढिलो सम्म पार्टीमा बस्ने, चिन्ता, निराश इत्यदिले हाम्रो जीवनमा निकै नराम्रो प्रभाव पारेको छ ।

पछिल्लो समयम कतिपले यस्तो जीवनशैली अंगीकार गरेका छन, जसका कारण उनीहरु एक्लिदै गएरअन्तत अमूल्य जीवनलाई नै कूलतमा धकेलिरहेका छन् । राम्रो जीवनशैली र दीर्धकालिन रुपमा स्वस्थ भएर बाँच्नका लागि विभिन्न उपाय रहेका छन, जसको पालना गरेमा जोकोही पनि लाभान्नित हुन सक्छौ ।

१. प्रर्याप्त पानी पिउनुहोस — यसले तपाईलााई बारम्बार टाउको दुख्ने समस्याबाट मुक्त गर्छ । बारम्बारको टाउको दुखाइले तपाईलाई कतै समयमै खाना खानुहोस, पर्याप्त सुत्नुहोस वा धेरै पानी पिउनुहोस अथवा तनाब घटाउनुहोस त भनेको छैन रु यसबारे पर्याप्त ध्यान दिनुहोस है । २. पर्याप्त हरियो सागसब्जी र फलफुल खानुहोस — बिहान उठ्ने वित्तिकै खाली पेटमा २ गिलास मन तातो पानी पिउनुहोस । त्यसको आधा घन्टापछि कम्तिमा एउटा स्याउ खानुहोस । नियमित पानी र स्याउ मात्र खाँदा पनि तपाई ९० प्रतिशत भन्दा बढी रोगबाट बच्न सक्नुहुनेछ ।

३. कार्यलयमा काम गर्नु अगाडि केही कालो र गुलियो चकलेट खानुहोस — गुलियो स्वादसहित काम सुरु गरेमा दिउसभर जस्तो सुकै तनाबपूर्ण अवस्थामा पनि काम गर्ने उर्जा मिल्छ । गुलियो चक्लेटले तपाईलाई मानसिक तन्द्रुस्ती समेत दिन्छ ।

४. दिनमा दुई तीनपटक कार्यलयको भयाङ चढ्नुहोस — यसले तपाईको १ सय देखि २०० क्यालोरी जलाउन सहयोग पुयाउछ । कार्यलयमा बस्दा जहिले पनि ढाड ठाडो पारेर बस्नुहोस । कुप्रि परेर वा अन्य पोजिसनमा बस्दा भन्दा ठाडो भएर बस्दा केही क्यालोरी सक्न सहयोग गर्छ । ५. हग गर्नुहोस् — सार्है तनाबमा हुनुहुन्छ भने प्रेमि या प्रेमिकालाई अंगालो हाल्नुहोस वा त्यस्तै रमाईलो क्षण स्मरण गरेर अतितमा रमाउनुहोस किनकी चिन्ता वा पिडा वा खुसी सबै क्षणिक र परिवर्तनशिल हुन ।

६. यदि नदि किनारमा जानु भएको छ भने केही क्षण त्यहाँ दौडनुहोस — खेलमैदानमा भन्दा समुद्र किनारामा दौडदा बढी क्यालोरी प्रयोग गर्न सहयोग पुर्याउछ ।

७. लन्चपछि सम्भव भए १० मिनेट आराम गर्नुहोस — यसले तपाईको तनाब घटाउनुका साथै यसले तपाईको सचेतनालाई थप सशक्त बनाउछ । सातामा एक दिन काम नगरी बिताउनुहोस । यसले तनाब अन्त्य गर्नुका साथै हाइपर टेन्सनबाट पनि मुक्ती गर्छ ।

Health tip Healthy tips

विशेष