अर्थ कभर स्टोरी

इन्टरनेट स्लो हुनु वा नचल्नु भनेकै कम्पनीले ग्राहक ठगेको हो

इन्टरनेट स्लो हुनु वा नचल्नु भनेकै कम्पनीले ग्राहक ठगेको हो

काठमाडाै‍ । नेपालमा ईन्टरनेट सेवा दिने कम्पनीहरुले ग्राहक ठगीरहेको गुनासो बढ्दै गइरहेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपी)हरुले हरुले विभिन्न सुविधा र प्याकेजका नामम ग्राहक झुक्याउने काम गरिरहेका छन् । इन्टरनेट त जो कोहीले सजिलै उपयोग गर्छन्, तर त्यसभित्रको प्राविधिक विषय बुझ्न झन्झटिलो हुने भएकोले धेरैले वास्ता गर्दैनन् । यसैको फाइदा कम्पनीहरुले उठाउँछन् ।

धेरैजसो कम्पनीहरुले ग्राहकलाई डाटामै झुक्याउँछन् । इन्टरनेटको स्पिड वान एमबी, टुएमबी भनेर कम्पनीले ग्राहकलाई ब्रिफिङ गर्छन् । एमबीको अर्थ दुईवटा हुन्छ । कुन एमबी स्पिड ग्राहकले पाउने हो त्यो भने उनीहरुले खुलस्त पार्दैनन् । उनीहरुले एमबी मात्रै भन्छन् ।

मेगाबाइट र मेगाबिट्स

मेगाबाइट भन्नु र मेगाबिट्सभन्नुमा धेरै फरक हुन्छ । मेगाविट्स मेगाबाइटभन्दा आठ गुणा सानो हुन्छ । लेख्दा ‘स्मल लेटर’मा बी र ‘क्यापिटल लेटर’मा बी लेखिन्छ । ‘स्मल एमबी’लाई क्यापिटल एमबीजस्तै गरी कम्पनीहरुले ग्राहक आकर्षित गर्छन् । जागरुक उपभोक्ताले ‘एमबी’ भनेको के हो ? भनेर सोध्छन् । धेरैले सोध्दैनन् ।

इन्टरनेटमा टुएमबी स्पिड भनियो भने प्रतिसेकेन्ड टुएमबी डाउनलोड वा अपलोड हुनुपर्छ । कम्पनीहरुले दिने एमबी भनेको मेगाबिट्स हो । उनीहरुले मेगाबाइट झै अथ्र्याउँछन् । मेगाबाइट भन्दा मेगाबिट्स आठ गुणा सानो हुन्छ । मेगाविट्स इन्टरनेटको गति जनाउन प्रयोग हुन्छ, मेगाबाइट कुनै पनि कन्टेन्टको आकार जनाउन प्रयोग हुन्छ । यो भेद छुट्टयाउन नसक्नेहरु कम्पनीको दुइअर्थी भाषाको गोलमालमा फस्छन् ।

धेरै जसो ग्राहकहरुलाई कम्पनीले मेगाबाईट्स भनेर मेगाबिट्स दिन्छन । कम्पनीका प्रतिनिधिले ग्राहकहरुलाई अक्सर भन्ने गर्छन्, तपाईको इन्टरनेटको स्पीड यति हो उति हो । सोहीबमोजिम ग्राहकले शुल्क तिर्छन् । तर इन्टरनेटको गति सुस्त नै हुन्छ । जब सम्बन्धित कम्पनीसँग ग्राहकले गुनासो गर्छन् त्यो बेला पनि उनीहरुले यसो गर्नुस उसो गर्नुस भन्दै अल्मल्याउँछन् । स्पीडबारे स्पष्ट जानकारी दिने प्रयास नै गर्दैनन् । कतिपय ग्राहकहरु गुनासोको पोको बोकेर नेपाल दुरसञ्चार प्राधिकरण पुग्छन ।

ईन्टरनेट प्रोभाईडर कम्पनीको मनपरी

नेपालमा वर्डलिंक, बोर्डलिंक, सुविसु, भायनेटजस्ता ईन्टरनेट सेवा प्रदायक कम्पनीहरु छन् । उनीहरुले सेवा सुचारु गर्ने बेलामा प्रयोगकर्ताहरुलाई अनेक स्किम र सेवा सुविधा छ भनेर ग्राहकलाई लोभ्याउछन । तर, पछि इन्टरनेट नचलेर गुनासो राख्न जादा उनीहरुले अनेक गैरजिम्मेवार जवाफ दिन्छन ।

यस्तो गैरजिम्मेवार जवाफबाट धेरै ग्राहकहरुले नोक्सानी पनि व्यहोर्नु पर्छ । आईटी कम्पनी, बैकं, साइबर, जस्ता अफिसहरुमा १० मिनेट पनि ईन्टरनेट अवरुद्ध हुँदा नोक्सानी र हैरानी हुन्छ । इन्टरनेट नचलेर इन्टरनेट सेवा दिने कम्पनी फोन गर्दा उनीहरुले पटक पटक अनेक गैरजिम्मेवारपुर्ण जवाफ दिने गरेको बानेश्वरका एक आईटी कम्पनीका सञ्चालक बताउछन । उनी भन्छन् ‘आएर नेट बनाईदिनु त कहाँ हो कहाँ, राउटर अन गर्नु अफ, गर्नु, भन्छन् । आएर बनाईदिनुस भन्दा उल्टै आज गाडीमा तेल छैन । पानी परेको छ, बादल लागेको छ जस्ता गैरजिम्मेवार जवाफ दिने गरेका उनले बताए ।

जबकी शुल्क लिएपछि मर्मत पनि तत्काल गरिदिनु पर्छ । नेट नचलेको गुनासो दर्जन पटक गर्दा पनि उनीहरु गम्भीरतापूर्वक लिँदैनन् ।

कस्तो आउछ उजुरी

ईन्टरनेट कम्पनीले ठगी गर्‍यो भनेर धेरै नै उजुरी आएको नेपाल दुरसञ्चार प्राधिकरण निर्देशक पुरुषोत्तम खनाल बताउँछन् । उनी भन्छन ‘नेपालमा उजुरी गर्ने परम्परा नहुदाँ त, यती धेरै उजुरी आउछ, सबैले उजुरी गर्ने हो भने उजुरीको सङख्या धेरै हुन सक्छ ।’ खनालका अनुसार प्राधिकरणमा धेरै जसो उजुरी फोनबाट, ईमेलबाट र अफिसमै आएर पनि गर्छन् । खनाल भन्छन ‘हामीले ईन्टरनेट सर्भिस प्रोभाईडर कम्पनीलाई सेवा सुविधाको बारेमा ध्यानआर्कषण गराउँछौं र उनीहरुले त्यही अनुसार ग्राहकहरुसंँग डिल गर्छन् ।

खनालका अनुसार ईन्टरनेट उपयोग गर्ने ग्राहकहरु आफै सचेत हुनुपर्छ । आफुले लिने डाटाको कति पैसा पर्छ, त्यसले के कति काम गर्छ त्यसबारे सचेत हुनुपर्छ । उनी भन्छन् ‘प्रायजसो उजुरी गर्न आउने ग्राहकहरु यस्ता सेवासुविधाको प्राविधिक पक्ष नबुझेर ठगिएका छन् ।’

विशेष