मनोरञ्जन

आफ्नी प्रेमिका लिएर दलाई लामा भेट्न पुगे सलमान

आफ्नी प्रेमिका लिएर दलाई लामा भेट्न पुगे सलमान

बलिउड अभिनेता सलमान खानले आफ्नो नयाँ चलचित्र ‘ट्यूबलाइट’को पहिलो चरणको छायांकन पुरा गरेका छन । लद्दाखमा उनले चलचित्रको पहिलो चरणको छायांकन सकेका हुन् । कविर खानले यो चलचित्रको निर्देशन गरिरहेका छन् ।चलचित्रको छायांकनका क्रममा नायक खानले तिब्बती धर्मगुरु दलाई लामासँग भेट गरेका छन् । दलाई लामासँगको भेटमा सलमानसँगै उनकी प्रेमिका लुलिया वन्तुर पनि सहभागी थिइन् ।

दलाई लामा र सलमान विचको छलफलमा के कुरा भएको थियो भन्ने खुलेको छैन । तर, छायांकन सेटमा समेत प्रेमिका लिएर पुग्ने सलमानले लामासँगको भेटमा पनि उनलाई साथ लगेका थिए ।भारतीय मिडियाको दाबीलाई मान्ने हो भने, सलमान र लुलिया लद्दाखमा एउटै कोठामा बसेनन् । यी दुइले फरक कोठामा बस्ने निर्णय गरेका थिए । यो चलचित्र आगामी बर्षको इदमा रिलिज हुनेछ ।

salman khan

विशेष