भारतको टेस्ट श्रृंखलामा २–० को अग्रता
साउन–३० । भारतले तेस्रो टेस्टमा वेष्ट इन्डिजलाई २ सय ३७ रनले हराउँदै श्रृंखलामा २–० को अग्रता लिएको छ । यससँगै भारतले खेल आफ्नो पक्षमा पार्ने निश्चित गरेको हो ।
तेस्रो टेस्टको पाँचौं दिन ३ सय ४६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको वेष्ट इन्डिज १ सय ८ रनमा अल आउट भयो ।
भारतका मोहम्ममद शामीले तीन तथा इशान्त शर्मा र रविन्द्र जडेजाले समान दुई दुई विकेट लिए । वेष्ट इन्डिजका डरेन ब्रावोले सर्र्वािधक ५९ रन बनाए ।
श्रृंखलाको पहलिो टेस्ट भारतले एक पारी र ९२ रनले जितेको थियो । दोस्रो टेस्ट ड्र भएको थियो । श्रृंखलाको अन्तिम टेस्ट भदौ दुई गतेदेखि सुरु हुनेछ ।
Cricket
india vs wet indies