खेल
ब्राजिल अन्तिम चारमा पर्न सफल
आइतबार, ३० साउन २०७३ गते प्रकाशित

साउन ३० । आयोजक ब्राजिल पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
रियो ओलम्पिक अन्तर्गत फुटबलमा आइतबार भएको क्वाटरफाइनलमा कोलम्बियालाई २–० ले हराएर अन्तिम चारमा पुगेको हो ।
ब्राजिलको जितमा कप्तान नेइमार र लुआनले एक एक गोल गरे । नेइमारले यो ओलम्पिकमा पहिलो गोल गरेका हुन् ।
यस्तै नाइजेरियाले पनि डेनमार्कलाई २–० ले नै हराएर अन्तिम चारमा पुगेको छ । जर्मनीले पोर्चुगललाई तथा होन्डुरसले दक्षिण कोरियालाई हराएर अन्तिम चारमा आएका छन् ।
अब सेमिफाइनलमा ब्राजिलले होन्डुरस तथा नाइजेरियाले जर्मनीसँग खेल्नेछ ।
brazil
football