तितेपातीका फाइदा के-के छन् ? जान्नुहाेस्
साउन - ३० । तितेपाती नेपालको प्राय: सबै क्षेत्रमा पाइने झाडी प्रजातिको बिरुवा हो । यो नेपालको भुगाेलअनुसार फरक–फरक ५–६ किसिमका पाइन्छन् । तर, सबै स्थानमा पाइने तीतेपातीको गुण र काम भने उस्तै हुन्छ । धेरै रोगको उपचार गर्न सहज तरिकाले पाइने हुँदा पनि यसकाे छुट्टै महत्व छ ।
औषधीको रुपमा तितेपातीले के काम गर्छ ?
१. यदि पेटमा जुका परेको छ र तितेपाती खायो भने जुका नास गर्छ ।
२. युरिक एसिड भएकालाई पनि लाभ पुर्याउछ।
३. बाहिरी दूषित कीटाणुलाई नष्ट गर्छ ।
४. बाहिरी घाउमा दिनमा दुई–तीन पटक लेप लगाउदा तीन–चार दिनमै सन्चो हुन्छ ।
कसरी उपयोग गर्ने ?
१. बिहान उठ्नासाथ १५ दिनजति आधादेखि एक चम्चासम्म मनतातो पानीसँग खाँदा धेरैजसो रोगलाई फाइदा गर्छ ।
२. यसको स्वरस (झोल) ३० ग्राम पिउँदा ज्वरो र विषाक्त शरीरलाई तत्काल लाभ पुर्याउछ ।
३. बाथ,पित्त र कफ (त्रिदोष) लाई बढ्न दिदैँन् ।
४. छालामा समस्या छ भने झोल बनाएर लगाउँदा फाइदा गर्छ ।
५. सुनिएको ठाउँमा तातो पट्टि बाँधिदिँदा सन्चो बनाउँछ ।
अन्य प्रयोग
१.सबेै रोगलाई उपर्युक्त हुने तीतेपाती हावामा सुकाएर पकाउँदै खोटो बनाएर एक दुई गोली बिहान खाँदा सबै किसिमका रोग नास हुन्छ ।
२.बोटबिरुवा अन्नबाली तथा सागपातमा कीरा लाग्यो भने तितेपातीको रस एक लिटर गाईको गहुँत एक लिटर र तितेपातीको खरानी एक किलोग्राम पाँच–सात लिटर पानीमा मिलाई ५–६ पटक छर्कदा रोगका जीवाणुहरु हराउँछन् ।
कति प्रयोग गर्ने ?
१. सामान्य मात्रा लेदो चूर्ण तीनदेखि पाँच ग्राम प्रयोग गर्ने ।
२. १० देखि १५ थोपा स्वरसको एक गिलास पानीमा काडा बनाएर सेवन या लेपन गर्ने ।
३. तीन–चार थोपा दिनमा एक–दुई पटक खाँदा फाइदा गर्छ ।
titepati ka faida