प्रवास

अमेरीकामा बस्दै अाएकी नेपाली महिलाकाे मृत्यु

अमेरीकामा बस्दै अाएकी नेपाली महिलाकाे मृत्यु
    muna1 साउन - ३० । नेपाल पाँचथर घर भई बिगत २ वर्षदेखि अमेरिकामा स्थायी रुपमा बसोबास गर्दै आइरहेकी बर्ष ३४ / ३५ कि मनु दुलाल प्रसाईको २०१६ (अगस्ट १३ मा न्युह्याम्सायर शहरको इलिओट अस्पतालमा दुखद निधन भएको छ । सन् २०१४ मा डिभी परेर श्रीमान नरेश प्रसाई र एघार बर्षको छोरा निसम र पाँच बर्षिया छोरी निष्ठा सहित मनु अमेरिका प्रबेश गरेकि थिईन् । ११ तारिख बिहीबार परेको छोरी निष्ठाको जन्मदिनमा निकै खुशी देखिन्थिन् । यसअघि उनमा खासै कुनै त्यस्तो संबेदनशील स्वास्थ्य समस्या देखिएको थिएन । अगस्ट १२ तारिख, शुक्रबार बिहानै अचानक अस्वस्थ महसुस गरेपछि उनले त्यो दिन कामबाट छुट्टि लिएकि थिईन् । त्यो दिन फोनमा आफ्ना आफन्त र साथिहरुसँग कुरा गर्दै सन्चो नभएको बताएकी थिइन् । त्यसैदिन दिउँसो ४ बजे नुहाउँन बाथरुम पसेकी उनि नुहाउँन नसक्ने अवस्था भएपछि गाह्रो मान्दै बाहिर निस्किएकि थिईन् । उनको स्वास्थ्य अवस्थाले एकाएक नाजुक अबस्था लिएपछि ईमर्जेन्सी कल गरेर तत्कालै एम्बुलेन्समा राखेर उनलाईअस्पताल पुर्याइएको थियो । अधिल्लो दिन पक्षाघात हुनसक्ने संभावना छ भनेको इलियोट अस्पताले त्यसको भोलिपल्ट १३ तारेख उनलाई मृत घोषणा गरेको थियो । आमाको मृत्युमा रोइरहेका नाबालाक छोराछोरीको दृश्य साह्रै नाजुक देखिन्थ्यो भने मनुका श्रीमान नरेश प्रसाई यो अप्रत्यासित गहिरो चोटले अत्यान्तै विक्षिप्त र अचेत जस्तै भएका थिए । अस्पतालका अनुसार मृतक मनुलाई ब्रेन स्ट्रोक भएको बताइएको छ । प्रायः पाको मान्छेलाई हुने यस प्रकारको ब्रेन स्ट्रोक यो उमेरमा अत्यन्त नगण्य हुने डाक्टरहरूको भनाइ रहेको छ । मृतक घोषणा गरे लगत्तै अस्पताल परिसरमा ठुलो संख्यामा नेपालीहरु जम्मा भएका थिए । अमेरिका प्रबेश गरेपछि अमेरिकाको अलबामा राज्यको हन्ट्सभिल सहरमा बसोबास गर्दै आएका उनिहरू यही बर्ष सन् २०१६ जनवरीदेखि अमेरिकाको न्युहाम्सेयर राज्यमा बसाईसरेका थिए । binu

america ma mirtue panchthar

विशेष