आजको खेलमा नेपालको मुख्य चुनौती ब्याटिङ
साउन ३१ । आइसिसी विश्व क्रिकेट लिग अन्तर्गत नेपालले आज नेदरल्याण्ड्सविरुद्ध आफ्नो दोस्रो खेल खेल्दै छ ।
नेदरल्याण्ड् विरुद्धको चौथो चरणको पहिलो खेलमा कमजोर ब्याटिङ प्रदर्शनका कारण लज्जास्पद हार व्यहोरेको नेपालको आजको खेलमा पनि ब्याटिङमा निर्भर गर्ने छ ।
शनिबारको पहिलो खेलमा नेपाल ३९ आभेर पिचमा टिकेर केवल ९४ रनको लक्ष्य नेदरल्याण्डलाई दिएको थियो । सो खेल नेदरल्याण्ड २० ओभर अगावै केवल ३ विकेटको क्षतिमा आफ्नो पक्षमा पारेको थियो ।
आज हुने खेलमा नेपाल पुनः पराजित भए विश्वकप छनोटबाट लगभग बाहिरिनेछ । जित निकाल्न सके नेपालको आशा जीवित नै रहनेछ । आजको खेल नेपाली समय अनुसार पौने ३ मा सुरु हुनेछ ।