१७ वर्ष पुरानो कीर्तिमान दक्षिण अफ्रिकी युवकले तोडे
साउन ३१ । दक्षिण अफ्रिकाको वैद भ्यान निर्ककले १७ वर्ष पुरानो ४०० मीटर दौडको विश्व कीर्तिमान तोडेर रियो २०१६ मा स्वर्ण पदक जितेका छन् ।
उनले ४३.०३ सेकेन्डमा खेल पूरा गर्दै माइकल जनसनको विश्व रेकर्ड तोडेका हुन् । २४ वर्षे निर्ककले जनसनले १९९९ मा राखेको कीर्तिमान भन्दा ०.१५ सेकेन्ड अगाडि दौड समाप्त गरेका हुन् । लन्डन २०१२ का च्याम्पियन ग्रेनेडाका किरानी जेम्स ०.७३ सेकेन्डपछि परेर रजत तथा अमेरिकाको लसउन मेरिटले कास्य पदक जिते । आफ्नो कीर्तिमान भंग भएपछि पछि माइकल जनसनले प्रतिक्रिया दिँदै भने, ‘उनले सबैलाई पछि पारिदिए ।’