‘महाभारतका कृष्ण’ नीतीश अब फिल्ममा देखा पर्दै
एजेन्सी – पौराणिक कथा महाभारतमा आधारित बिआर चोपडाको टेलिभिजन धाराबाहिक ‘महाभारत’ मा भगवान कृष्णको भूमिका निर्वाह गरेका नीतीश भारद्वाज नयाँ चलचित्रमा देखिने भएका छन् ।
‘स्वदेश’, ‘जोधा अकबर’ जस्ता सफल र चर्चित फिल्म बनाएका निर्माता÷निर्देशक आशुतोष गोवारिकरले निर्माण गर्न लागेको फिल्म ‘मोहनजोदडो’को मुख्य भूमिकामा नीतीश चयन भएका छन् । हुन त नितीश आफै पनि निर्देशक हुन र उनी आफैले पनि हिंदी नाटकबाहेक मराठी फिल्म बनाएका छन् । तर नीतीशका यी फिल्महरुले भने सफलता प्राप्त गर्न सकेनन् । फिल्म निर्देशकका रुपमा सफल नभए पनि अरु निर्देशकले निमार्ण गरेका हिंदी नाटक खेलेर चर्चा बटुल्न सफल कलाकार हुन् उनी ।
नयाँ फिल्ममा अनुबन्धित भएपछि नितीशले प्रतिक्रिया दिँदै भने, ‘जब आशुतोषजीले मलाई यो फिल्ममा आवद्ध हुन अफर गर्नुभयो, म दोधारमा परेँ । फेरि फिल्ममा मेरो भूमिकाबारे बुझेँ, अनि तयार भएँ । यस फिल्ममा उनले दुर्जन सिंहको भुमिका निभाउने भएका छन जुन कथाका अनुसार निकै महत्वपूर्ण रहेको छ ।
सानो पर्दाका चर्चित कलाकार नीतीशलाई धेरैले ‘महाभारतको कृष्ण’का रुपमा चिन्छन् । कलाकारीताबाहेक उनी राजनीतिमा पनि क्रियाशील भए । राजनीतिमा क्रियाशील भएपछि उनी आमदर्शकको नजरबाट ओझेलमा पर्दै गएका थिए ।