स्वास्थ्य

रातो मासुः क्यान्सरको खतरा

रातो मासुः क्यान्सरको खतरा

हालसालै अमेरिकाको क्यालिफोर्नियाको शोधकर्ताले गरेको एक अध्ययनले रातो मासुको सेवनले उमेर कम हुनसक्ने तथा क्यान्सरको खतरा बढ्ने चेतावनी दिएको छ । शोधकर्ताहरुले बफ, सुँगुरको मासु तथा बोका बाख्राको मासुको सेवनले मानिसमा क्यान्सरको खतरा बढ्न सक्ने निष्कर्षमा निकालेका छन् ।

रातो मासुमा एक प्रकारको रसायन पाइने गर्दछ जुन क्यान्सरको खतरा बढाउने प्रमुख कारक तत्व रहेको अध्ययनले देखाएको छ । शोधकर्ताका अनुसार, रातो मासुको थोरै मात्रा पनि बढ्दै गएमा ज्यानको जोखिम १३ प्रतिशतले बढ्ने पत्तो लगाएका हुन् । यसको कारणले हृदयसम्बन्धी रोग हुने सम्भावना पनि १८ प्रतिशतले बढ्न जान्छ । त्यस्तै क्यान्सरको खतरा १० प्रतिशतसम्म बढ्न जान्छ ।

Read meat

विशेष