नेपाल कप फुटबलको उपाधि त्रिभुवन आर्मीकाे पाेल्टाेमा

चौथो नेपाल कप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
चितवनको क्याम्पाचौरमा आज भएको फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई दुई शून्यले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले उपाधि जितेको हो ।
आर्मीका लागि भरत खवास र सुमन अर्यालले १÷१ गोल गरेका हुन् । उपाधि जितेस“गै आर्मी क्लबले तीन लाख रुपैया“ प्राप्त गरेको छ । प्रतियोगितामा तीन विभागीयसहित ११ टोलीको सहभागिता रहेको थियो ।
Nepal Cup
Nepal Cup Football
